समायोजन पछि नर्सविहीन जस्तै बन्यो भेरी अस्पताल

बाँके, २८ चैत । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको कर्मचारीको समायोजनपछि नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमा स्वास्थ्यकर्मी तथा प्रशासनिक कर्मचारीको अभाव भएको छ । यस अघि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारी समायोजनपछि अन्यत्र जास्वास्थ्यकर्मी तथा प्रशासनिक जनशक्ति खाली भएको छ ।

स्वास्थ्य सेवामा यो झनै चुनौतीपूर्ण र पेचिलो बनेको छ । सरकारी सेवामा रहेका चिकित्सक आन्दोलित छन् । भेरी अस्पताल कार्यरतमध्ये ३५ कर्मचारी प्रदेशमा समायोजन गरिएका छन् जसअन्तर्गत २७ स्टाफ नर्समध्ये दुई नर्सिङ अधिकृतसहित आठ सङ्घमा परेका छन् । अरू १९ प्रदेशमा परेको अस्पतालका निमित्त प्रमुख रूपानन्द अधिकारीले जानकारी दिए ।

बुधबारदेखि नर्स र ल्याव कर्मचारीविहीनजस्तै भएको अस्पतालका निमित्त प्रमुख अधिकारीले बताए । अस्पतालको क्षमतावृद्धिका लागि विकास समितिले शय्या थपे पनि चिकित्सकको दरबन्दी थप नगरेको अवस्थामा समायोजनका नाममा भएका कर्मचारी पनि प्रदेशमा पठाउँदा अस्पताल नर्स तथा ल्याव कर्मचारीविहीनझै हुनपुगेको उनले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा रहेको ४३ नर्सको दरबन्दीमा अहिले करीब २६ नियमित सेवामै थिए । “केही नर्सहरू सुत्केरी तथा अध्ययन बिदामा छन् । भएका नर्समध्ये मन्त्रालयले अहिले १६ बढीलाई प्रदेशमा पठाएको छ”, उनले भने, “अब हामीसँग आठ मात्रै नर्स सङ्घमा रहनुभएको छ । गुणस्तरीय सेवा प्रवाह गर्न कठिन भइरहेको छ ।”

सरकारी मापदण्डअनुसार एउटा नर्सले एक सिफ्टमा छ सम्म बिरामी हेर्नुपर्नेमा यहाँ एउटैले १५ सम्म बिरामी हेर्नुपर्ने अवस्था छ । ल्यावमा रहेका सबै छ कर्मचारी प्रदेशमा गएपछि भेरी अस्पतालको ल्याव पनि खाली भएको उनले बताए । सरकारले जनशक्ति उत्पादन र खपत गर्ने नीति तथा योजना बनाउन नसक्दा समस्या बढ्दै गएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *