फेरी पनि त्रुटि ! एघारौँ तहको डाक्टरलाई आठौँ तहमा राखेर समायोजन

7.1k
Shares

काठमाडौँ, २० चैत । त्रुटि सच्याएको भन्दै धेरै ढिला गरी प्रकाशित भएको स्वास्थ्यको समायोजन सूचीमा फेरी पनि त्रुटि भेटिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको सूचीमा एघारौँ तहका डाक्टरलाई आठौँ तहको दरबन्दीमा समायोजन गरिएको छ ।

आयुर्वेद तर्फका एघारौँ तहका डा प्रदीप केसीलाई पुन आठौँ तहको चिकित्सकको सूचीमा राख्दै कर्णाली प्रदेशमा पठाएको छ । त्यसो त डाक्टर केसीलाई गत २१ माघमा सार्वजनिक भएको सहसचिवहरुको सूचीमा संघ अन्तरगर्त नै राखिएको थियो । अहिले पुन आठौँ तहको सूचीमा राखेर लिष्ट निकाल्दा समायोजनमा पुन भद्रगोल देखिएको छ ।

‘यो त्रुटि त सच्याउला तर यतिका दिन लगाएर त्रुटी रहित बनाएको भनिएको लिष्टमा यस्तो गम्भीर त्रुटी ? यो त हदै भयो,’डा केसीले भने ।

त्यसो त यसपटकको लिष्टमा राजिनामा दिएका चिकित्सकको पनि समायोजन भएको छ । केही महिना अघि राजिनामा दिएका बरिष्ठ मुटुरोग विशेषज्ञ डा प्रकाशराज रेग्मीको पनि समायोजनको सूचीमा नाम भेटिएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *