उपचारको अनुगमन गर्न स्वास्थ्य सचिव डा. चौधरीको नेतृत्वमा विज्ञ टोली हावाहुरी प्रभावित क्षेत्र जाँदै

232
Shares

काठमाडौँ, १९ चैत । हावाहुरीको प्रकोपमा परि गम्भीर घाइते भएकाहरुको उपचारको अवस्थाको अनुगमन गर्न स्वास्थ्य सचिव डा. पुष्पा चौधरीको नेतृत्वमा तीन सदस्यीय विशेषज्ञ डाक्टरको टोली बारा र पर्सा तर्फ निस्केको छ ।

टोलीमा वीर अस्पतालका न्युरो सर्जन डा. निलम खड्का, अर्थोपेडिक सर्जन डा. सुवास कर्ण, र क्रिटिकल कियर विशेषज्ञ डा. रविराम श्रेष्ठ सहभागी छन् ।

‘हाम्रो टोलीले हावाहुरीबाट घाइते भएका गम्भीर विरामीहरुको उपचार अवस्थाको बारेमा अनुगमन तथा निरीक्षण गरी आवश्यकताका आधारमा थप उपचारका लागि समन्वय समेत गर्नेछ,’ सचिव डा. चौधरीले भनिन् ।

हावाहुरीबाट घाइते भएकाहरुको अहिले स्थानीय स्तरमा बारा र पर्साका विभिन्न ७ वटा अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते ९ जनालाई सोमबार नै काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।

सचिव डा चौधरीले हावाहुरी प्रभावितको उपचारका लागि कुनै पनि कसर बाँकी नराख्न मन्त्रालय लागि परेको बताइन ।

पर्सामा खुल्यो स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाईको शाखा
यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नारायणी उपक्षेत्रीय अस्पतालमा स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाईको शाखा खोलेको छ । सो इकाइको सातवटै प्रदेशमा शाखा खोल्ने तयारी भएपनि प्रदेश नं २ मा खुलिसकेको थिएन ।

‘यो युनिट पछि जनकपुर सार्ने गरी अहिले नारायणी उपक्षेत्रीय अस्पतालमा सञ्चालनमा ल्याएका छौँ । अव सो शाखा मार्फत विपत व्यवस्थापनको कामहरु हुनेछ,’ सचिव डा. चौधरीले भनिन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *