‘हावाहुरीबाट घाइते भएकाहरुको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने’
काठमाडौँ, १८ चैत । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शिक्षण अस्पताल महाराजगञ्ज पुगेर हिजो साँझ आएको हावाहुरीबाट घाईते भएकाहरुलाई भेट गरेका छन् ।
बारा र पर्साबाट उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज ल्याइएका घाइतेलाई भेटेर मन्त्री पोखरेलले स्वास्थ्य लाभको कामना समेत गरे ।
घाइतेलाई भेटेपछि मन्त्री पोखरेलले सात जनामध्ये २ जनाको अवस्था गम्भीर रहेको जानकारी दिए। घाइतेको उपचार स्वास्थ्यकर्मीले सूक्ष्म ढंगले गरिरहेको पनि उनले बताए ।
सबै स्रोत साधन प्रयोग गरेर घाइतेको उपचार गर्न उनले चिकित्सकहरुलाई आग्रह गरे । घाईतेहरुको सम्पुर्ण उपचार खर्च राज्यले व्योर्होने मन्त्री पोखरेलले बताए ।
“घाइतेको सरकारी अस्पतालमा उपचार भइरहेको छ । खर्चको चिन्ता लिनुपर्दैन घाइतेको उपचार राज्यले गर्छ,”उनले भने । संघीय सरकारको तर्फबाट गर्नुपर्ने सबैं सहयोग गर्न सरकार तयार रहेको मन्त्री पोखरेलले प्रतिवद्धता व्यक्त गरे ।
शिक्षण अस्पतालमा महमद मियाँ, गीतादेवी कट्टेल, समिना खातुन, अमन कट्टेल, मुनाफ अनसरी, कृष्ण पटेल, सुरेश पटेलको उपचार भइरहेको छ ।
आइतबार बेलुकी आएको हावाहुरीबाट घाइते भएकामध्ये ७ जनालाई उपचारका लागि सेनाको हेलिकोप्टरबाट आज काठमाडौं ल्याइएको थियो ।
सम्पर्क इमेल : [email protected]