पर्वतमा स्तनपान कक्ष सञ्चालन

120
Shares

लक्ष्मीप्रसाद सापकोटा

पर्वत, १८ चैत । जिल्ला प्रशासन कार्यालयले महिला सेवाग्राहीको आवश्यकतालाई ध्यानमा राख्दै प्रशासन हाताभित्र स्तनपान कक्षको व्यवस्था गरेको छ । पछिल्लो समय लैङ्गिक विषयका मुद्दा महत्वका साथ उठिरहेका बेला प्रशासनले पनि त्यसतर्फ काम गर्न थालेको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए । उनका अनुसार सेवा प्रवाहलाई महिलामैत्री बनाउन यस्तो व्यवस्था गरिएको हो ।

पछिल्लो समय कार्यालयमा सेवा लिन आउने महिलाको सङ्ख्या बढ्दै गएको र कार्यालयभित्र काम हुँदाहुँदै केही समय कुर्नुपर्ने अवस्थामा सहज रुपमा आफ्ना बालबालिकाको हेरचाह गर्न सकुन भनेर स्तनपान कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ ढकालले जानकारी दिए ।

उनले भने,“कार्यालयमा काम लिएर आउने कतिपय महिलासँगै स्तनपान गर्ने बच्चासमेत आउँछन्, सार्वजनिक स्थानमा लाजका कारण उनीहरुले दूध नखुवाउने गरेका छन्, बच्चा समस्यामा पर्ने, रुने कराउने हुन्छ, त्यसैले स्तनपान कक्ष बनाएका हौ ।”

गण्डकी प्रदेश सरकारअन्तर्गतको शहरी विकास तथा भवन डिभिजन कार्यालयको झण्डै रु नौ लाखको लागतमा भवन निर्माण गरी स्तनपान कक्ष बनाइएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *