स्वास्थ्य सचिव घिमिरे र विभागका महानिर्देशक डा. लोहनी हावाहुरी प्रभावित क्षेत्रमा

860
Shares

काठमाडौँ, १८ चैत । आइतबार बेलुका आएको विनासकारी हावाहुरीले पुरयाएको क्षति र घाइतेहरुको उपचार व्यवस्थाको अवलोकन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरे, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी सहितको टोली प्रभावित क्षेत्र बारामा पुगेको छ ।

सोही टोलीमा गृह सचिव प्रेमकुमार राई समेत छन् । उनीहरुले बाराका अति प्रभावित क्षेत्रहरुको अवलोकन तथा निरीक्षण गरिरहेका छन् ।

‘अहिले हामी बाराको अतिप्रभावित गाँउहरुमा छौँ । अबको केही क्षणमा कलैयाँ पुग्दैछौँ । त्यसपछि वीरगञ्ज जाँदैछाँ’, सचिव घिमिरेले भने ।

प्रधानमन्त्रीको टोलीमा उपप्रधान एवं स्वास्थ्यमन्त्री
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको टोलीमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव पनि रहने भएका छन् । सो टोली केही बेरमा हावाहुरी प्रभावित क्षेत्र बारा तथा पर्सामा पुग्ने बताइएको छ । सोही टोलीमा गृहमन्त्री रामबहादुर थापा बादल समेत रहने बताइएको छ ।

प्रदेश २ का मुख्यमन्त्री राउत सहितको टोली पनि स्थलगत निरीक्षणमा
यसैबीच प्रदेशन नं २ का मुख्यमन्त्री लालबाबु राउतसहितको उच्चस्तरीय टोली पनि हावाहुरी प्रभावित क्षेत्रमा पुगेको छ । उसले घाइतेको उद्धार र प्रभावकारी उपचार व्यवस्था मिलाउन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

प्रदेश २ ले घाइतेको उपचार निशुल्क गरिने घोषणा गरिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *