मेडिसिटी अस्पतालका चिकित्सक सहितको हेलिकप्टर बारा पुग्यो
काठमाडौँ, १८ चैत । नेपाल मेडिसिटी अस्पतालको चिकित्सक र आवश्यक मेडिकल टोली बोकेर उडेको हेलिकप्टर बारा पुगेको छ ।
गएराती को भिषण हावाहुरीबाट घाइतेका उपचार तथा उद्धारमा सहयोग गर्न मेडिसिटीले चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली बारा पठाएको हो ।

त्यसैगरी अर्को मेडिकल टोली भेन्टिलेटर सहितको एम्बुलेन्समा त्रिभुवन विमानस्थलमा तयारी अवस्थामा राखिएको छ ।
नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष डा. उपेन्द्र महतो स्वयं पनि विरामीहरुको आवश्यक सहयोग र समन्वयका लागि यतिबेला बारामा पुगेका छन् ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



