एक्कासी आएको हावाहुरीबाट बारा र पर्सामा गरी २९ जनाको मृत्यु, सयौँ घाइते, उद्धार जारी

1.8k
Shares
घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार हुँदै

काठमाडौँ, १७ चैत । आज साँझको भीषण हावाहुरीबाट बारा र पर्सामा ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका डीएसपी हेमबहादुर शाहीका अनुसार अहिले बाराका विभिन्न स्थानमा २७ जनाको शव फेला परिसकेको छ । सयौँको संख्यामा घाइते भएका छन् ।
नेपाली हेल्थसंग कुरा गर्दै डीएसपी शाहीले मृतकको संख्या अझ बढ्न सक्ने बताए ।

‘घरहरु भत्किएका छन्, रुख विजुलीको पोल ढलेका छन् । गाडीहरु नै उछिट्एिका छन् । एक हिसावले भन्नुपर्दा सुनामी नै आएजस्तो छ । यहाँको अवस्था अस्तव्यस्त छ । क्षतिको एकीन गर्न सकिएको छैन,’ डीएसपी शाहीले भने ।

यता पर्सा प्रहरीले २ जनाको मृत्यु भएको जनाएको छ । यस्तै २०० जना भन्दा बढी घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

हावाहुरीबाट बृद्ध बालबालिका र महिलाहरु बढी प्रभावित भएको बताइएको छ ।

हुरीका कारण आपत्मा परेकाहरुको उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासी खटिएको प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *