डाक्टर पतीको कुटाईबाट घाइते सुनिताको ज्यान गयो

2.9k
Shares

काठमाडौँ, १६ चैत । डाक्टरको पतीको कुटाईबाट गम्भीर घाइते भएकी ४५ बर्षीया सुनिता यादवको मृत्यु भएको छ । शुक्रबार अपरान्ह सवा ५ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा सुनिताको मृत्यु भएको हो ।

वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मधुमेह तथा थाइराइड रोग विशेषज्ञ डा. सचितानन्द यादवले जेठी पत्नी सुनितालाई गत चैत ६ गते मरणासन्न हुने गरी कुटपिट गरेका थिए  ।

कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई आफन्तले शुरुमा गण्डक अस्पताल पुरयाएका थिए । त्यहाँ सुधार नभएपछि काठमाडौँ ल्याइएको थियो ।

कुटपिटपछि उनको मानसिक अवस्था नाजुक थियो । १५ वर्ष पहिले वीरगन्ज महानगरपालिका–२० हरपतगन्ज निवासी यादवले बाराको परवानीपुर गाउँपालिका–५ बहुवरी निवासी सुनितासँग मागी विवाह गरेका थिए ।

विवाहको दुई वर्षपछि नै सुनिताबाट सन्तान नभएको भन्दै जयप्रकाशले भारतको रक्सोल जगुवलियाकी एक युवतीसँग विवाह गरेका थिए । त्यसयता नै उनले सुनितालाई मानसिक र शारीरिक यातना दिँदै आएको माइती पक्षको भनाई छ ।

आइरन तताएर डाम्नुको साथै निर्घात कुटपिट गरेको, करेन्टको झट्का दिएको र बिजुलीको तारले करेन्ट लगाइएको मामा नागेन्द्रले आरोप लगाए।

डाक्टर यादवलाई प्रहरीले नियन्त्रणमा लिए पनि थुनामा नराखी नारायाणी अस्पतालको बातानुकुलित आईसीयुमा बसाइएको भन्दै माइती पक्षकाले प्रहरीउपर आक्रोश व्यक्त गरेका छन्।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *