स्वास्थ्यका २७ हजार ३०३ जनाको समायोजन, ६५७ कर्मचारी फाजिलमा

13.2k
Shares

काठमाडौँ, १४ चैत । स्वास्थ्य समूहका २७ हजार ३०३ जना कर्मचारीको समायोजन भएको छ । त्यसमध्ये ६५७ जना कर्मचारी फाजिलमा परेका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केही बेर अघि गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो ।
सो अवसरमा सामान्यले समायोजनको कार्य टुंगिएको बताएको छ । यद्धपी स्वास्थ्य समूहका कर्मचारीको समायोजन सूची सार्वजनिक भइसकेको छैन ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार संघमा २०७५ जना कर्मचारी रहेका छन् । यस्तै प्रदेश नं १ मा ३७३ जना, प्रदेश नं २ मा ३३० जना, प्रदेश नं ३ मा ३७१ जना कर्मचारी समायोजन गरिएको छ । यस्तै गण्डकी प्रदेशमा ३३५ जना, प्रदेश नं ५ मा ५६४ जना, कर्णाली प्रदेशमा २०० जना र सुदूरपश्चिम प्रदेशमा २२१ जना गरी प्रदेशमा कुल २ हजार ३९४ जना कर्मचारी समायोजन भएका छन् ।

सामान्यले स्थानीय तहमा २२ हजार १७६ जना कर्मचारी समायोजन भएको जानकारी दिएको छ ।

स्वास्थ्यको समायोजनको लिष्ट किन सार्वजनिक नभएको भन्ने प्रश्नमा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुले छिटै नै लिष्ट प्रकाशित हुने जानकारी दिए । ‘लिष्ट तयारी भइसकेको छ । तर प्रकाशित गर्नुपूर्व केही सामान्य काम गर्नु बाँकी रहेकोले ढिलाई भएको हो ।तपाईँहरुले निकै छिटो हेर्न सक्नुहुन्छ,’ सामान्यका अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *