उपचार सेवामा एक पछि अर्को फड्को मार्दै गुल्मी अस्पताल

1.6k
Shares

गुल्मी १३ चैत ।  जिल्लाका सरकारी अस्पतालका रिपोर्ट त्यति सन्तोसजनक पाइदैन तर चार बर्ष अघि १५ बाट ५० बेडमा स्तरोन्नती भएको गुल्मी अस्पतालले उपचार सेवामा एक पछि अर्को फड्को मार्दै गएको छ । सरकारी अस्पतालको स्तरोन्नती र सेवामा सुधार हुँदा स्थानीयबासी खुशी देखिएका छन् ।

अस्पतालका मेडिकल सुपरीटेन्डेन डा उत्तम पच्या भन्छन्, ‘अस्पतालमा कार्यरत सबैपक्षबीचको टीमवर्कको परिणाम हो यो ।’

५ नम्बर प्रदेश सरकार अन्तरगर्त अस्पतालले केही विशेषज्ञ सेवा उपलव्ध गराएको छ । तर यसले संघीय सरकारले संचालित सबै कार्यक्रम तथा सेवाहरु छुटाएको छैन ।

‘अहिले हामीकहाँ आमा सुरक्षा कार्यक्रम सञ्चालन भइरहेको छ । त्यस अन्तरगर्त अस्पतालमा नियमित गर्भ जाँच मात्रै होइन साधारणसंगै शल्यक्रियाद्धारा सुत्केरी गराउन समेत सक्षम छौँ । यहाँ सुत्केरी हुन नसकेर गर्भवतीलाई माथिल्ला अस्पतालमा रिफर गरिएको केश विरलै होला,’ डा पच्याले भने ।

अस्पतालमा नवजात शिशु सेवा सुचारु भएको छ । नवजात शिशुको लागि एउटा छुट्टै वार्ड रहेको र थप सुविधाको लागि फोटोथेरापी मेसिन समेत राखिएको छ ।

यसैगरी अस्पतालमा जनरल सर्जरी अन्तरगर्त एपेन्डिक्स, हाइड्रोशिल, हर्निया सहित केही कस्मेटिक सर्जरी समेत हुने गरेको छ । हाडजोर्नीमा जोर्नी फुस्किएको तथा भाँचिएकोमा प्लास्टर सेवा उपलव्ध गराएको छ ।

मेसु डा. पच्या भन्छन्, ‘अस्पतालले दमका विरामीका लागि तीन वटा बेड छुट्याएको छ । विरामीलाई चाहिने अक्सिजन मेसिनबाट दिइन्छ र सो सेवा अहिलेसम्म निशुल्क गरिएको छ । यस्तै क्षयरोगका विरामीको उपचारमा प्रभावकारी मानिएको डट्स कार्यक्रम, एचआईभी परामर्श तथा उपचार कार्यक्रम निशुल्क उपलव्ध हुँदै आएको छ ।’

अस्पतालले साताको तीन दिन (आइतबार, मंगलबार र विहीबार) खोप सेवा, दैनिक गर्भवती जाँच, गर्भासयको जाँच सातामा दुईपटक, क्लिनिकल सेवा, अस्पतालमा आधारित एकद्धारा संकट व्यवस्थापन केन्द्र सेवा नियमित रुपमा सञ्चालन गरेको छ । चौविसै घण्टा अल्ट्रासाउण्ड र प्रयोगशाला सेवा समेत चौविसैघण्टा उपलव्ध गराएको छ । जसमा रगत तथा पिसावको जाँच कलेजो, मिर्गौला, बोसो, लवण, कल्चर जाँच हुने गर्दछ ।

क्षयरोगको जाँच गर्न जिन एक्स्पर्ट मेसिन सञ्चालनमा ल्याइएको छ । यस्तै एक्सरे सेवा , अस्पतालको सामान मर्मत गर्न बायोमेडिकल एकाई सञ्चालनमा ल्याएको छ । अस्पतालमा सेन्ट्रल विलिङ सेवा, एम्वुलेन्स सहजीकरण समेत अस्पतालले उपलव्ध गराँउदै आएको छ ।
स्वास्थ्यकर्मीको निरन्तर अपडेटका लागि कन्टिनिउ मेडिकल एडुकेशन(सिएमई) हरेक हप्ता विहीबार राख्ने गरिएको छ । यसमा विदेशी कन्सलट्यान्ट डाक्टरले समेत प्रस्तुति दिने गरेका छन् ।

मेसु डा. पच्या भन्छन्, ‘अस्पतालले चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म केही नयाँ उपलव्धी हासिल गरिसकेको छ । उनी भन्छन्, साधारण एक्सरेबाट कम्प्युटराइज्ड एक्सरेमा फडको मारेका छौँ । अब यो सेवा चौविसै घण्टा उपलव्ध हुन्छ र गरीब तथा असहायलाई पूर्ण निशुल्कमा सेवा दिइदैछ ।’

यस्तै चौविस घण्टा सेवा सञ्चालन गरेको प्रयोगशाला, फार्मेसी सेवा समेत उपलव्ध हुँदैछ । गत माघ महिना देखि मानसिक रोगको निशुल्क उपचार सेवा दिन थालेको छ । गत फागुन देखि सामाजिक सेवा इकाईको स्थापना गरी विभिन्न १२ लक्षित समूहलाई ५० देखि १०० प्रतिशतसम्म सेवामा सहुलियत दिदै आएको छ ।

मेसु डा. पच्या भन्छन्, ‘अस्पतालको सुधारका लागि निक साइमन इन्स्टिच्युट संगको सहकार्य, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानवहादुर एण्ड मायादेवी फाउन्डेशनको सहयोग र तम्घास टेक्निकल इन्स्टिच्युटे अनमी र अहेव विद्यार्थीलाई ओजेटी गर्न समेत पठाउने भएकोले सेवा सञ्चालनमा सहयोग पुगेको छ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *