खुलेको तीन साता पछि आइओएम डीन कार्यालयमा पुन: तालाबन्दी

932
Shares

काठमाडौँ, ५ चैत । तालाबन्दी खुलेको तीन साता नवित्दै विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम) डीन कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।

सत्ता निकट विद्यार्थी संगठन अनेरास्ववियू तथा अखिल क्रान्तिकारी र स्वतन्त्र विद्यार्थी युनियन महाराजगञ्ज मेडिकल क्याम्पसले तालाबन्दी गरेको हो ।

यसपटक उनीहरुले मुख्य माग गण्डकी मेडिकल कलेज र किष्ट मेडिकल कलेजले उठाएको शुल्कको विषयमा डीन कार्यालय मौन बसेको आरोप लगाएको छ ।

आईओएम डीन कार्यालयमा यसअघि लागेको ताला स्ववियूसंग १३ फागुनमा सहमति भएपछि खुलेको थियो ।

महाराजगञ्ज स्ववियू सभापति डा मिलन गैरेले गण्डकी मेडिकल कलेज र किष्ट मेडिकल कलेज लगायतका विभिन्न कलेजहरुमा विद्यार्थीहरुमाथि गरिएको शोषण विरुद्ध डीन कार्यालय मौन बसेपछि अनिश्चित कालिन तालाबन्दीमा उत्रिएको बताए । उनीहरुले आजै त्रिवि उपकुलपति, रेक्टर र रजिष्टारको कार्यकक्षमा समेत तालाबन्दी गरिदिएका छन् ।

सरकारले तोकेभन्दा बढी शुल्क लिएको भन्दै आन्दोलनमा उत्रिएका गण्डकी मेडिकल कलेजका विद्यार्थीहरुले सञ्चालक खुमा अर्यालविरुद्ध ठगी मुद्धा समेत दायर गरेका छन् । प्रहरीले आरोपी अर्यालको खोजी भएको बताएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *