परिवार योजना सम्वन्धी राष्ट्रिय सम्मेलन शुरु

काठमाडौँ, ४ चैत ।  परिवार योजना सम्वन्धी दुई दिने राष्ट्रिय सम्मेलन शुरु भएको छ । स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाको आयोजना र सयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, आड्रा नेपालको सहयोगमा भएको उक्त सम्मेलनलाई अरु २० वटा संस्थाको साथ छ ।

दरबारमार्गस्थित याक एण्ड यति होटलमा शुरु भएको सम्मेलनको उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले उदघाटन गरेका थिए । सो अवसरमा बोल्दै नेपाल सरकारले तय गरेको परिवार नियोजन तथा प्रजनन स्वास्थ्य सम्वन्धी लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे ।

पहुँच बाहिर परेकालाई समेटन भन्ने नारा दिइएको सो सम्मेलनमा प्रमुख विशेषज्ञ डा सुशीलनाथ प्याकुरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा गुणराज लोहनी, परिवार कल्याण महाशाखाका निर्देशक डा आरपी बिच्छाले बोलेका थिए ।
यस्तै संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, आड्रा नेपाल, विश्व स्वास्थ्य संगठनका नेपालस्थित प्रतिनिधीहरुले सम्मेलनलाई शुभकामना दिएका थिए ।

दुबै सचिव अनुपस्थित
परिवार योजना तथा यौन तथा प्रजनन् स्वास्थ्यका लागि निकै महत्वपूर्ण हुने भनिएको उक्त सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका रहेका दुबै जना सचिवहरुको उपस्थिति देखिएन । सचिव डा पुष्पा चौधरी र चन्द्रकुमार घिमिरेको अनुपस्थिति हुँदा सहभागीहरुले विभिन्न आशंका व्यक्त गरेका थिए ।

कार्यक्रममा परिवार नियोजन तथा प्रजनन स्वास्थ्यका क्षेत्रमा क्रियाशिल संस्थाहरुको भने संक्रीय उपस्थिति रहेको थियो ।

आयोजक संस्था परिवार कल्याण महाशाखाका प्रमुख डा बिच्छाले परिवार योजनाको पहुच बढाउन सम्मेलनको आयोजना गरिउको बताए । उनले भने, ‘परिवार नियोजनका साधनको प्रयोगदरमा जुन रुपमा हुनुपर्ने थियो । त्यो अनुसार भएको छैन । किन भएन ? बाधक के के छन् ? पहुँचमा नभएकालाई कसरी पहुँच पुरयाउने ? भन्ने बारेमा सम्मेलन केन्द्रीत हुन्छ ।’

हुनपनि पछिल्लो तीन बर्ष देखि परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेदर ४४ प्रतिशत भन्दा बढेको छैन ।

दुई दिनेसम्मेलनमा २४ वटा ओरल र २८ वटा पोष्टर प्रस्तुतिकरण रहेका छन् ।

उक्त सम्मेलनमा सरकार, विकास साझेदार, वैज्ञानिक, शिक्षणकर्मी, स्वास्थ्य पेशाकमी, मेडिकल कलेज, मिडिया , अनुसन्धानकर्ता गरी ३०० बढीको सहभागिता छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *