न्याम्सको रजिष्ट्रारमा प्राध्यापक प्रमिला देवान !
काठमाडौँ, १ चैत । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ( न्याम्स)को रजिष्ट्रार प्राध्यापक प्रमिला देवान हुने भएकी छन् । यसअघि सो पदमा नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. दिलीप शर्माको नाम आएको थियो ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार न्याम्सका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली र सहकुलपति रहेका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवबीच विहीबार बेलुका भएको छलफलले डा शर्माको स्थानमा प्राध्यापक देवानलाई राख्ने सहमति भएको हो ।
प्राध्यापक देवान नर्सिङ क्याम्पस वीर अस्पतालको क्याम्पस प्रमुख हुन् । उनी स्वास्थ्य सेवा तर्फ एघारौँ तहकी कर्मचारी समेत हुन् । उनी नेपाल नर्सिङ संघको निवर्तमान अध्यष समेत हुन् ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उपकुलपतिको नियुक्ति भएसंंगै न्याम्सका अरु पदाधिकारीको पनि आजै नियुक्ति हुनेछ । त्यसका लागि सबै पदाधिकारीलाई तयारी अवस्थामा रहन भनिएको छ ।
उपकुलपति हुने भनिएका प्राडा डीएन शाह अहिलेसम्म काठमाडौँ नआएकोले नियुक्तिको काम रोकिएको बताइएको छ ।
सम्पर्क इमेल : [email protected]