चिकित्सकले बनाए मिर्गौला रोगबारे सन्देश दिने महत्वपूर्ण सात पोष्टर

256
Shares

काठमाडौँ, १ चैत । विश्व मिर्गौला दिवसको अवसरमा विहीबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग, फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको थियो ।

जसमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागि थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले मिर्गौला स्वस्थ राख्न खानपान र शारीरिक व्यायममा जोड दिनुपर्ने बताएका थिए । सोही कार्यक्रममा मिर्गौलारोग बारे जनचेतना जगाउन चिकित्सक तथा विद्यार्थीले पदयात्रा समेत गरेका थिए ।

सोही अवसरमा शिक्षण अस्पतालकाका आवासीय चिकित्सक तथा विद्यार्थीहरुले अस्पताल परिसरमै एउटा स्टल बनाएका थिए । जहाँ मिर्गौला रोग सम्वन्धी प्रारम्भिक परीक्षण तथा जनचेतनामुलक पोष्टर तयार गरी टाँगिएको थियो । सो स्टलमा उपस्थित धेरैले डाक्टरहरुले बोल्ने काम ती पोष्टरले गरेको भन्दै सराहाना समेत गरेका थिए ।

उक्त सात पोष्टरले मिर्गौलाको महत्व, रोग लाग्न नदिन र रोगका लक्षणहरु समेत बताएको थियो ।

हेरौँ चिकित्सक तथा विद्यार्थीले तयार पारेको ती पोष्टर

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *