शिक्षक, विद्यार्थी र महिला स्वास्थ्य स्वयंसेविकालाई मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण

सप्तरी, २० फागुन । राजविराजका शिक्षक विद्यार्थी तथा महिला स्वास्थ्य स्वयंसेविकालाई नाक कान घाँटी तथा मुख स्वास्थ्य सम्वन्धी प्रशिक्षण दिइएको छ ।

स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखाको आयोजना भएको उक्त प्रशिक्षणमा ५० जना महिला स्वास्थ्य स्वयंसेविका, ५५ जना शिक्षक, १ सय जना विद्यार्थी सहभागी थिए । प्रशिक्षण पश्चात स्वास्थ्य कार्यालय प्रमुख सति १७ जना शिक्षकले सुर्तीजन्य पदार्थ त्यागेका छन् ।

महाशाखा प्रमुख रहेका डा. प्रकाश बुढाथोकीका अनुसार प्रशिक्षणमा आँखा, नाक कान घाँटी र दाँत तथा मुखमा देखिने समस्या र तिनको दिनान, प्राथमिक घरेलु उपचार , प्रेषण, रोकथाम र सरसफाईका बारेमा चर्चा गरिएको थियो । यस्तै समाजमा व्यक्त कुरिती तथा अन्धविश्वासले स्वास्थ्यमा पारेको नकारात्मक असरबारेमा समेत छलफल गरिएको थियो ।

प्रशिक्षणमा स्थानीय केसो अनिरुद्रदेवी माविमा तीनवटा सरकारी विद्यालयका एक सय बढी विद्यार्थीलाई मुख स्वास्थ्यको महत्व, ब्रस तथा मञ्जनको छनौट र दाँत सफ गर्ने तरिका बारे अभ्यास समेत गराईएको थियो ।

सहभागीका तर्फबाट महिला स्वास्थ्य स्वयंसेविका लक्ष्मी देवकोटा तथा प्रधानाध्यापक पी. कें. मण्डलले आफ्नो जीवनकालमा यस्तो कार्यक्रम पहिलोपटक भएको बताए । भएको र आफुहरु सहभागी भई जीवनको उत्तरार्दमा यस्तो ज्ञान प्राप्त भएपनि बा“की जीवन आफ्नो ब्यवहारमा परिवर्तन ल्याऊदै समाज,आमा समुह र बिद्यार्थीहरुलाई सिकाई सप्तरी जिललावासीलाई स्वस्थ बनाउने प्रतिबदता जाहेर गरे ।

प्रदेश स्वास्थ्य कार्यालय प्रमुख निरन्जन यादवले शरीरको प्रवेशद्धार मुख स्वस्थ राखी शरीर स्वस्थ बनाउन सवैमा आग्रह गर्दै पान,सुर्ती जस्ता हानिकारक पदार्थ आजै देखी त्याग्दै अन्यलाई पनि त्याग्न प्रतिबद्धता जाहेर गरेका थिए ।

त्यसपश्चात स्वस्फुर्तरुपमा १७ जना सहभागीले नराम्रा आदतबानी त्यागेको घोषणा गरेका थिए । प्रशिक्षणका लागि राजधानीबाट डा बुढाथोकीको नेतृत्वमा वीर अस्पतालका डा. ढुण्डीराज पौडेल, डा. चादनी जैसवाल तथा आँखामा सगरमाथा आँखा अस्पतालका नेत्र अधिकृत रामानन्द बि.के. गएका थिए ।

यस्तै कार्यक्रम यस अघि कर्णाली प्रदेशको रुकुम पश्चिम चौरजहारीमा सम्पन्न भईसकेको तथा अर्काे साता प्रदेश १ को ओखलढुङगाको रुम्जाटार तय भईसकेको छ र तेश्रो चौमासिकमा बा“की अन्य प्रदेशमा संचालन गरिने शाखा प्रमुख डा. बुढाथोकीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *