४० प्रतिशत विशेषज्ञ डाक्टर लाइसेन्स परीक्षामा फेल

3.9k
Shares

काठमाडौँ, १९ फागुन । विशेषज्ञ अध्ययन् पुरा गरी लाइसेन्स परीक्षामा सहभागी भएका चिकित्सकमध्ये ६० प्रतिशत मात्रै पास भएका छन् । यसअघिको विशेषज्ञ लाइसेन्स परीक्षामा ६६ प्रतिशत पास भएका थिए ।

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको विशेष परीक्षा (स्पेशल एक्जामिनेशन)मा सहभागी ३६८ जना परीक्षार्थी सहभागी थिए । ती मध्ये १४६ जना (३९.६७ प्रतिशत) फेल भएका हुन् । बाँकी २२२ जना अर्थात (६०.३३ प्रतिशत) मात्र्र पास भएका हुन् ।

काउन्सिलका रजिष्टार डा दिलीप शर्माले यसअघिको परीक्षामा भन्दा यसपटक बढी परीक्षार्थी फेल भएको बताए । ‘के कारणले यस्तो भयो भनेर विश्लेषण भईसकेको छैन तर अघिल्लो पटक भन्दा यसपटक बढी फेल भएका छन्,’ उनले भने ।

परीक्षा शनिबार विहान ९ देखि ११ बजेसम्म स्वयंम्भूस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा चलेको थियो । शनिबारको विशेष परीक्षा यसबर्षको तेस्रो तथा अन्तिम परीक्षा हो । काउन्सिलले बर्षमा तीन पटक विशेषज्ञहरुको लाइसेन्स (विशेष परीक्षा) लिने गर्दछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *