नर्सिङ पढन अष्ट्रेलिया गएका थप ५०० बढी विद्यार्थी अलपत्र
काठमाडौँ, १२ फागुन । अष्ट्रेलियाको सिडनीस्थित एआईवीटीमा अध्ययनरत १ हजार बढी नेपाली विद्यार्थी अलपत्र परेको खबर सेलाउन नपाउँदै अर्को कलेजमा नर्सिङ पढन गएका ५ सय बढी विद्यार्थीमा सोही समस्या देखा परेको खबर आएको छ ।
सिडनीमा रहेको अष्ट्रेलियन हेल्थ एण्ड म्यानेजमेन्ट इन्स्टीच्युट पनि दर्ता विना नै सञ्चालित भएको पाइएपछि त्यहाँ अध्ययनरत सर्टिफिकेट फोर र डिप्लोमा अफ नर्सिङ तह अध्ययन गरेका ५ बढी विद्यार्थी अलपत्र परेका हुन् । यसअघि हजार बढी नेपाली विद्यार्थी अध्ययन गरेको कलेज एआईवीटीलाई सरकारले दर्ता नगरेपछि समस्या परेको थियो ।
शनिबार नेपाली टेलिभिजन च्यानल न्युज २४ को सिधाकुरा जनतासंग कार्यक्रमको सम्पर्कमा आएकी विद्यार्थी विजिता थापाले आफूहरुको समस्या पनि एआईवीटीको जस्तै रहेको सुनाईन । उनले भनिन्, ‘एआईवीटीको जुन समस्या छ । त्यहि समस्या हाम्रो कलेजमा पनि छ । दर्ता नभएको हाम्रो कलेजमा सर्टिफिकेट फोर र डिप्लोमा अफ नर्सिङ तह अध्ययन गरेका करीब ५ सय बढी विद्यार्थी छौँ । र अलपत्र परेका छौँ ।,’
उनले दर्ता नभएको कलेज सञ्चालकहरुले सर्टिफिकेट फोर विषय परिवर्तन गर्न दवाव दिएको, ट्रान्सफर सर्टिफिकेटका लागि ठूलो मागेको गुनासो गरिन ।
नेपाली विद्यार्थीको आकर्षक गन्तव्य मानिने अष्टे«लियामा लाखौँ तिरेर जाने गरेका छन् । तर कन्सलटेन्सीले सही सूचना नदिदा हजारौँ विद्यार्थी ढगिने गरेका छन् ।
शिक्षा मन्त्रालयले एआईवीटीको केश आईसकेपछि कन्सलटेन्सीको गतिविधि जाँच गर्न सहसचिव देवकुमारी गुरागाईँको संयोजकत्वमा ४ सदस्यीय टोली गठन गरेको छ ।
सम्पर्क इमेल : [email protected]
khucching..kurai nabujhipaisa matra holera padhna janay niu ma australia ghusnu parne bidyarthi yabam abibhabak lai khucching bhanda aru k bhanam ra khai
ramro bho…atti ramro…..seriosuly very happy for them