चर्चित भारतीय गायक सोनु निगम बिरामी, नर्भिक अस्पतालमा उपचार हुँदै

काठमाडौँ, ७ फागुन । नेपाल भ्रमणमा रहेका भारतीय चर्चित गायक सोनु निगम बिरामी भएका छन् । अहिले उनको उपचार थापाथलीस्थित नर्भिक अस्पतालमा भइरहेको छ ।

गत आइतवार नेपाल आएका गायक भ्रमणका लागि पोखरा पुगेका थिए । त्यहाँ उनको ढाडको मांसपेशीमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौँ आएका हुन् ।

अस्पताल स्रोतका अनुसार पौने १ बजे तिर नर्भिक पुगेका उनको डा. पंकज जलान र डा. प्रवीण नेपालको टोलीले उपचार गरिरहेको छ ।

अस्पतालको भिआपी क्याविन नं ५०१ मा रहेर उपचार गराईरहेका उनलाई भर्ना भने गरिएको भने गरिसकिएको छैन । गायक सोनुको साथमा उनीसंगै आएका उनका सहयोगीहरु छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *