समायोजन प्रक्रियाको विरोधमा सरकारी चिकित्सकको रक्तदान !

752
Shares

काठमाडौँ, ७ फागुन । कर्मचारी समायोजन प्रक्रियाको विद्यमान व्यवस्था विरुद्ध आन्दोलन गर्दै आएको सरकारी चिकित्सक संघ नेपाल गोदानले आज माइतीघर मण्डलामा सामुहिक रक्तदान गरी विरोध जनाएको छ । संगसंगै उसले बाटो हिड्ने बटुवालाई आफ्नो समायोजनमा विरोध जनाउनुको कारण बारे तयार पारिएको पर्चा र मास्क वितरण गरेको छ ।

विहान साढे ११ बजेबाट शुरु भएको रक्तदान तथा मास्क वितरण कार्यक्रम तीन बजेसम्म जारी रहने बताइएको छ । ‘खुल्ला रक्तदान कार्यक्रम हो अहिलेसम्म १० जना बढीले रक्तदान गरिसक्नु भयो । अरु पनि रक्तदान गर्ने तरखरमा हुनुहुन्छ,’ गोादानका अध्यक्ष डा दीपेन्द्र पाण्डेले भने ।

उनले समायोजनमा चिकित्सकको विरोध गर्नुको कारणबारे आम सर्वसाधारणलाई जानकारी हुन आवश्यक रहेको भन्दै पर्चा वितरण गरिएको बताए । चिकित्सकहरुले बटुवालाई पर्चाको साथमा मास्क समेत उपलव्ध गराएका छन् ।

अध्ययन् अनुसन्धानमा निरन्तर सहभागी भईरहनुपर्ने चिकित्सक सधैभरी स्थानीय तहमा रहन नमिल्ने भन्दै आफूहरुलाई संघ अन्तरगर्त राखेर परिचालन गर्नुपर्ने सरकारी चिकित्सकको माग छ । तर, सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा चिकित्सक नपुग्नुको कारण केन्द्रबाट खटाउने प्रबृत्ति हो भन्दै समायोजन प्रकृयामा गरेको विरोधलाई गम्भिरतापुर्वक लिएको छैन ।

गोदानले सरकारले गम्भीरतापूर्वक नलिए सामुहिक विदा बस्ने, सेवा बहिस्कार गर्ने देखि सामुहिक राजिनामा दिनेसम्मका कार्यक्रम अघि सारेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *