राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारीको आन्दोलन फिर्ता

260
Shares

काठमाडौँ, २५ माघ । आन्दोलनरत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका कर्मचारी २४ दिनपछि काममा फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको नेतृत्वमा गएको चार सदस्यीय उच्चस्तरी बार्ता टोलीले सबैमाग पुरा गर्ने प्रतिवद्धता जनाएपछि कर्मचारीहरु काममा फर्किएका हुन् ।

त्यसअघि केन्द्रबाट गएको उच्चस्तरीय टोलीले प्रतिष्ठानसंग जोडिएको विभिन्न पक्षसंग छलफल गरेको थियो ।  ‘दुई दिनको अनौपचारिक छलफल पछि आज विहान औपचारिक बार्तामा बस्यौँ । दुईघण्टामै सबै कुरा टुंगियो । आन्दोलनरत कर्मचारीहरु काममा फर्किएका छन्,’ केन्द्रबाट गएका बार्ताटोली सदस्य कानुन उपसचिव पुस्करराज नेपालले भने ।

उनका अनुसार सहमतिपत्रमा अहिलेसम्म विकास समिति अन्तरगर्त रहेका कर्मचारीहरु यथावत रुपमा प्रतिष्ठान अन्तरगर्त रहने, करार तथा ज्यालादारीको करार असार मसान्तसम्म यथावत रहने, अहिलेसम्म बाँकी रहेको तलवभत्ता तत्काल उपलव्ध गराउने, कार्यालय सहयोगी तथा सुरक्षागार्डहरु आउटसोर्सिङ गर्ने र त्यसमा कार्यरतलाई प्राथमिकता दिने, निकालिएका २ जना कर्मचारीलाई पुर्नवहाली गर्ने लगायतका सहमति भएको छ ।

बार्ता गर्न केन्द्रबाट स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवको नेतृत्वमा प्रमुख विशेषज्ञ डा सुशील प्याकुरेल, सहसचिव मधुसुदन बुर्लाकोटी र कानुन उपसचिव पुस्करराज नेपाल दाङ पुगेका थिए ।

आन्दोलन बढदै जाँदा प्रतिष्ठानले उपलव्ध गराउने स्वास्थ्य सेवा समेत ठप्प भएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *