सेवा अबरुद्ध गरी आन्दोलनमा उत्रिने चिकित्सकलाई कारवाहीको चेतावनी

336
Shares

काठमाडौँ, १८ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विरोधका कार्यक्रम तत्काल फिर्ता लिई सेवामा फर्किन आन्दोलनरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आग्रह गरेको छ । उसले आन्दोलनका कार्यक्रम जारी राखे आवश्यक सेवा सञ्चालन ऐन – २०१४ अनुसार कारवाही प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ ।

मन्त्रालयका सहसचिव जनार्दन गुरागाईँले आज जारी गरेको विज्ञप्तीमा चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर चिकित्सक तथा स्वास्थ्यकर्मीले सेवा अबरुद्ध गरेको थाह भएको र त्यसले स्वास्थ्य जस्तो जनसरोकार र सम्वेदनशील सेवालाई सुचारु राख्न मन्त्रालय गम्भीर रहेको उल्लेख छ ।

विज्ञप्तीमा उसले १४ माघका दिन जारी गरेको अपिलको समेत पुन स्मरण गराएको छ ।

संघीय संसदले पास गरेको चिकित्सा शिक्षा विधेयकको विरोधमा अनशनरत डा गोविन्द केसीको जीवन रक्षाका लागि भन्दै नेपाल चिकित्सक संघले आज एक दिन अस्पताल बन्दको घोषणा गरेको थियो ।

संघले आजको बन्दमा आकस्मिक बाहेकका कुनै पनि स्वास्थ्य सेवा प्रवाह नगर्ने जनाएको थियो । यद्धपी सेवा बन्द गर्ने संघको निर्देशनलाई कतिपय चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नै अवज्ञा गरेका छन् ।

आज धेरै जसो अस्पतालहरुमा ओपिडी सेवा पूर्ववत रुपमा नै सञ्चालनमा आएको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *