पारस शाहको स्वास्थ्य अवस्था स्थिर तर गम्भीर

492
Shares

काठमाडौँ, १५ माघ । पूर्व युवराज पारस शाहको अवस्था खतरामुक्त भै नसकेको उपचारमा सम्लग्न चिकित्सकहरुले बताएका छन् । शाहको पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी दिन केही वेर अघि नर्भिक अस्पतालद्धारा आयोजित पत्रकार सम्मेलनमा चिकित्सकहरुले सो कुरा बताएका हुन् ।

सोमबार ( हिजो) दिउसो असैह छाती दुखेको भन्दै नर्भिक अस्पताल पुगेका शाहको परीक्षणका क्रममा गम्भीर खालको हृदयघात भएको थाह भएको थियो । शाहको बरिष्ठ कार्डियाक सर्जन डा यादवदेव भट्ट नेतृत्वको टोलीले एन्जीयोप्लास्टी गरी स्टेन्ट प्रत्यारोपण गरेको थियो । अहिले शाहलाई क्रिटिकल केयर युनिट (सिसियू)मा राखिएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै डा भट्टले अहिले पनि शाहको अवस्था स्थिर तर गम्भीर अवस्थामा रहेको बताए । उनले शाहलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने जानकारी दिए । उनले अहिले शाह होसमै रहेको र सामान्य झोल कुरा समेत खान दिइएको बताए ।

यसअघि दुई पटक गम्भीर खालको हृदयघात भएका शाहको मुटु अत्यन्तै कमजोर भइसकेको भन्दै अवका दिनमा विशेष सावधानी अपनाउनु जरुरी रहेको बताए ।

सो अवसरमा डा यादवले उपत्यका बाहिर रहेका पूर्वराजा ज्ञानेन्द्रले फोन फोन मार्फत छोराको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *