हिजो आज देखिएकोे समस्या ‘स्वाइन फ्लु’ हो कि ‘सिजनल फ्लु’ ? जोगिने कसरी ?

हिजोआज पत्रपत्रिकामा, स्वास्थ्य जगत् अनि जनताको माझ ‘स्वाइन फ्लु’  शब्द खुब चर्चित छ ।आखिर के हो स्वाइन फ्लु ? स्वाइन फ्लु र सिजनल फ्लु बुझ्नु भन्दा अघि यी रोग निम्त्याउने बिषाणु (virus) को नाम इन्फ्लुएन्जा भाइरस हो भन्ने थाहा पाउनु जरूरी छ ।

यो इन्फ्लुएन्जा भाइरस मुख्यत: ४ किसिमका हुन्छन । इन्फ्लुएन्जा भाइरस टाइप ए, बी, सी र डी । यी मध्ये टाइप ए र बी ले धेरै जसो सिजनल फ्लु गराउछन । हिउँदका महिनाहरुमा र कहिलेकाही विश्वव्यापी महामारीको रुप पनि लिन्छ । जिनमै परिवर्तन भएर ।

‘टाइप सी’ले साधारण किसिमको फ्लु गराउछ भने ‘टाइप डी’ले जनावरमा मात्र गराएको देखिएको छ । मान्छेमा छैन ।

इन्फ्लुएन्जा ‘टाइप ए’ को फेरी उपजाति हुन्छन्, यसको सतहमा रहेको २ वटा प्रोटीनको बनावटको आधारमा । ती प्रोटीन हुन् हेमएग्लुटिनेसन (एच) र न्युरामिनीडेज (एन)। हेमएग्लुटिनेसन (एच) १८ प्रकारको १ देखि १८ सम्म र न्युरामिनीडेज (एन) ११ प्रकारको १ देखि ११ सम्म ।

किन बर्ड फ्लु वा स्वाइन फ्लु भनिन्छ ?
यो इन्फ्लुएन्जा ‘टाइप ए’ को कुनै उपजाति कुखुरा वा चरा बाट सर्यो भने ‘बर्ड फ्लु’ भनिन्छ र सुँगुर वा बंगुर बाट सर्यो भने ‘स्वाइन फ्लु’ भनिन्छ । अहिले नेपालमा देखिएको र प्रयोगशालामा प्रमाणित भएको इन्फ्लुएन्जा भाइरस H1N1 के साच्चै सुँगुर वा बंगुर बाट सरेको हो भन्ने प्रमाणित भएको हो ? हो भने त्यो ‘स्वाइन फ्लु’ नै हो नत्र उही प्रोटिन अणु देखियो भन्दैमा ‘स्वाइन फ्लु’ भन्न मिल्दैन । जब सम्म त्यो भाइरस सुँगुर वा बंगुर बाट सरेको प्रमाणित हुँदैन ।

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको अनुसार नेपालमा हालसम्म सुँगुर वा बंगुर (swine) बाट मानिसमा SwineFlu (जुन विरलै मानिसमा सर्दछ ) सरेको देखिएको छैन ।

उदाहरणको लागि इन्फ्लुएन्जा भाइरस टाइप ए को यो स्ट्रेन इन्फर्मेसन हेरौ- A/duck/Alberta/35/76(H1N1) यसको अर्थ हो: इन्फ्लुएन्जा भाइरस टाइप ए, उपजाति H1N1 हो, १९७६ मा हाँसबाट क्यानाडाको अल्बर्टा भन्ने ठाउबाट भण्डारण गरिएको हो । अब भनौ H1N1 प्रोटीन अणु मिल्दैमा अब यसलाई swine flu भन्ने कि duck flu भन्ने ? त्यसैले भाइरसको प्रोटीन अणु मिल्दैमा स्वाइन फ्लु भन्न मिल्दैन ।

यो भ्रमलाई तोड्नु जरुरी छ । हालै नेपालमा देखिएको फ्लु स्वाइन फ्लु नभई सिजनल फ्लु हुनु पर्छ ।

फ्लुका लक्षणहरु :
१.  ज्वरो आउने
२.  सिंगान पातलो हुने
३.  घाँटी दुख्ने
४. जीउ दुख्ने
५. थकाइ लाग्ने
६. सास फेर्न गार्हो हुने

यसबाट बच्ने उपायहरु :
१. आराम गर्ने
२. तातो झोलिलो खाना खाने
३. सिटामोल वा दुखाइ कम गर्ने औषधी सेवन गर्ने
४. खोक्दा वा हाच्छिउं गर्दा रुमाल वा हातले नाक अनि मुख छोप्ने
५. रुघाखोकी लागेका मान्छे संग टाढै बस्ने
६. हात नमिलाउने बरु नमस्कार गर्ने
७. मानिसको भीडमा सकेसम्म नजाने
८. अरुको रुमाल प्रयोग नगर्ने
९. नाक मुख छोपेका रुमाल वा कपडा राम्रो संग साबुन पानीले धुने
१०. हात मिचिमिची साबुन पानीले धुने
११. नगुम्सेर हावा ओहोरदोहोर हुने कोठामा आराम गर्ने
१२. हरेक बर्षको हिउँद शुरु हुने महिना (मंसिर)मा फ्लु भ्याक्सिन लगाउने

# कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा. पच्या गुल्मी जिल्ला अस्पतालका मेसु हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *