प्रतिनिधिसभा बैठक : आज पारित होला चिकित्सा शिक्षा विधेयक ?
काठमाडौँ, ८ माघ । चिकित्सा शिक्षा विधेयक आज पारित हुने सम्भावना बढेको छ । अस्पतालको विषयलाई लिएर सोमबारको बैठक प्रमुख प्रतिपक्षले अवरुद्ध गरेकै कारण स्थगित भएको थियो । तर सत्तापक्षले आज कुनै पनि हालतमा विधेयक टेवुल गर्ने र छलफल अघि बढाउने तयाररीमा रहेको बुझिएको छ ।
‘हामीलाई थाह छ कांग्रेसले आज पनि संसद अवरुद्ध गर्नेछ । तर आज होहल्ला भएपनि विधेयक अघि बढ्छ । होहल्लाका बीच नै अघि बढ्न सक्छ,’ नेकपाका एक सांसदले भने ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भएको विधेयक आफूसंग गरेको सम्झौँता विपरीत भएको भन्दै डा गोविन्द केसी अनसन बसेका छन् । डा केसीको मागलाई प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले समर्थन गर्दै आएको छ ।
यता प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आजको बैठक पनि अवरुद्ध गर्ने बताएको छ । जीपी कोइराला स्वासप्रस्वास केन्द्र, सुशील कोइराला प्रखर क्यान्सर हस्पिटललाई संघ अन्तरगर्त नराखेको भन्दै संसद अवरुद्ध गरेपनि मुल मक्सद चिकित्सा शिक्षा विधेयक अघि बढन नदिनु नै हो ।
‘आज दुबै पक्षको आ आफ्नै रणनीति छ । एउटाले विधेयक रोक्नुपर्ने पक्षमा र अर्कोले विधेयक अघि बढाउनु पर्ने रणनीतिमा अघि बढेको छ,’ प्रतिपक्ष दलका एक जना सांसदले भने ।
प्रतिनिधि सभाको बैठक आज दिउसो ३ बजेका लागि डाकिएको छ ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

