डा. केसीको अनशनमा पूर्व प्रधानन्यायाधीश कार्की माथेमासम्मको समर्थन

काठमाडौँ, १ माघ । विभिन्न क्षेत्रसंग आवद्ध २० जना व्यक्तिले डा गोविन्द केसीसंगको सम्झौँता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । डा. विग्रँदो स्वास्थ्य अवस्था हेरेर तत्काल निर्णय लिन समेत उनीहरुले आग्रह गरेका छन् ।

नागरिक समाजको नाममा मंगलबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्नेहरुमा पूर्व प्रधानन्यायधीश सुशीला कार्की देखि माथेमा आयोगका संयोजक केदारभक्त माथेमा सम्म छन् ।

उनीहरुले सम्झौँता कार्यान्वनय गर्नु सरकारको दायित्व भएको मात्रै उल्लेख गरेका छैनन्, अघिल्लो सम्झौँता प्रधानमन्त्री केपी ओलीको संक्रियतामा भएको भन्दै उनी अझ बढी जिम्मेवार बन्नुपर्ने उल्लेख गरेका छन् ।

चार बुँदे विज्ञप्तीमा उनीहरुले सरकार र सांसदहरुलाई डा केसीसंगको सम्झौँता बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गर्न समेत माग गरेका छन् ।

नागरिक समाजको नाममा उनीहरुले यसअघिका अनसनमा पनि यसैगरी नै डा केसीको मुद्धालाई समर्थन गर्दै आएका छन् ।

यस्तो छ विज्ञप्ती

सरकार र जनप्रतिनिधिहरुलाई नागरिक समाजको अपिल

१. नागरिक अभियन्ता डा। गोविन्द केसी हाल सत्याग्रहमा रहनुभएको अवस्थाप्रति हाम्रो ध्यानाकर्षण भएको छ।राज्यको इमान र विश्वसनीयता समाजका लागि संवेदनशील र महत्वपूर्ण कुरा हो। नेपाल सरकारले यसअिघ डा. केसीसँग गरेका सम्झौता कार्यान्वयन गर्नु सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने दलहरूको जिम्मेवारी हो।

२. पछिल्लो सम्झौता प्रधानमन्त्री केपी शर्मा ओलीजीको पहल र संलग्नतामा उहाँकै निवासमा भएका वार्तापछि सम्भव भएको हो। त्यसैले, यो सम्झौताप्रति प्रधानमन्त्रीजीको व्यक्तिगत जिम्मेवारी पनि जोडिएको हामी स्मरण गराउन चाहन्छौं।

३. हाल संसदीय प्रक्रियामा रहेको चिकित्सा शिक्षा विधेयकलाई डा. केसीसँगको पछिल्लो सम्झौताबमोजिम पारित गर्न र डा. केसीको जीवन रक्षा गर्न सरकार तथा संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई अपिल गर्दर्छौं।

४. सत्तारुढ दलको संसदीय नेता समेत भएको नाताले प्रधानमन्त्रीज्युले यस अघि आफ्नो निर्देशन बमोजिम डा.केसीसंग भएका सहमति र संझौताका पक्षमा आवश्यक संसदीय सहमति निर्माणमा पनि विशेष ध्यान दिनुहुनेछ भन्ने विश्वास लिएका छौं ।

हस्ताक्षरकर्ता

१.सुशिला कार्की

२.दमननाथ ढुंगाना

३. भैरब रिसाल

४. केदार भक्त माथेमा

५. प्रा डा ध्रुव चन्द्र गौतम

६. प्रा डा अभि सुवेदी

७. राजेन्द्र दाहाल

८. प्रा डा जय राज आचार्य

९. प्रा डा दिल्ली देवी शाक्य

१०. प्रा डा मदन उपाध्याय

११. प्रा डा रमेशकान्त अधिकारी

१२.प्रा डा शेखर गुरुङ

१३. प्रा डा वीरेन्द्र मिश्र

१४.प्रा डा नोबेल किशोर राई

१५. राम दयाल राकेस

१६. प्रा डा सरोज धिताल

१७. डा मधु घिमिरे

१८. डा द्वारिका ढुंगेल

१९. गीता केसरी

२०. खेमराज रेग्मी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *