‘पार्टी विरोधीलाई’ दुर्गम सरुवा गर्न भन्दै प्रदेश सांसदको चिठी स्वास्थ्य मन्त्रीलाई

2.2k
Shares

काठमाडौँ, ११ पुस । संघीय समाजवादी फोरमका तर्फबाट प्रदेश नं ५ मा सांसद बनेका सहसराम यादवले संघीय सरकारका उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई २५ जना स्वास्थ्यकर्मी सरुवा गर्न एउटा लिष्ट पठाएका छन् ।

जसमा केहीलाई पाटी निकट भनिएको छ भने केहीलाई पाटी विरोधी भनेर परिचय खुलाइएको छ । पार्टी नजिक भनिएकाहरुलाई सुगम र रोजेको स्थान र पार्टी विरोधी भनिएकाहरुलाई बेजिल्ला र दुर्गम पठाउन भनिएको छ ।

करीव एक महिना अघिको भनिएको सो लिष्ट सम्वन्धी पत्र आज रातोपाटी अनलाइनले सार्वजनिक गरेको हो ।

सो लिष्ट सार्वजनिक भएसंगै सरुवामा राजनीति कति हावी हुँदो रहेछ भनेर अनुमान गर्न सकिन्छ । सरुवा लिष्टमा चिकित्सक, एचए, अहेव, अनमी मात्रै होइन उपसचिव समेत परेका छन् ।

तर यो लिष्ट यतिवेला सार्वजनिक भएको छ जतिवेला समायोजन सम्वन्धी अध्यादेशका कारण भन्दै विभागले सरुवा सम्वन्धी सबै कार्य रोकिएको जनाएको बेला छ ।

हेरौँ लिष्ट र पत्र:

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “‘पार्टी विरोधीलाई’ दुर्गम सरुवा गर्न भन्दै प्रदेश सांसदको चिठी स्वास्थ्य मन्त्रीलाई

  1. बिहार लालु जादव र मधेश अन्हुथ जादवहरुको अत्याचारले पछि परेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *