निर्मलाका बुबा यज्ञराज टिचिङ अस्पतालको आइसियूमा
काठमाडौँ, १० मंसिर । स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौँ ल्याइएका स्वर्गीय निर्मला पन्तका बुवा यज्ञराज पन्तलाई त्रिवि शिक्षण अस्पतालको आइसियू कक्षमा भर्ना गरिएको छ । उनको मेडिसिन र साइक्रयाटिक विभागका चिकित्सकहरुले परीक्षण शुरु गरेका छन् ।
साइक्र्याटिक विभाग प्रमुख एवं बरिष्ठ मानसिक रोग विशेषज्ञ प्राडा सरोज ओझाले अहिले यज्ञराजको मेडिसिन र साइक्र्याटिक दुबै तर्फका चिकित्सकहरुले परीक्षण गरेको बताए ।
उलने अहिले परीक्षणकै क्रममा रहेकोेले अवस्थाको बारेमा भन्न नमिल्ने बताए । ‘पीडा र तनावको असर त हो नै तर कुन अवस्थामा छ । त्यो अहिल्यै भन्ने अवस्थामा छैनौँ । किनकी भर्खर परीक्षण शुरु भएको छ,’ डा ओझाले भने ।
छोरीको न्यायका लागि भन्दै १६ दिन देखि अनसन बसेका पन्तले पछिल्लो केही दिन देखि असामान्य गतिविधि देखाएपछि स्वास्थ्य उपचारका लागि भन्दै काठमाडौँ ल्याइएको छ ।
सम्पर्क इमेल : [email protected]