नर्सिङ लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक, ७१ प्रतिशत उत्तीर्ण

2.8k
Shares

काठमाडौँ, ८ मंसिर । नेपाल नर्सिङ परिषदले आज लिएको २० औँ नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ७१.३४ प्रतिशत नर्स उर्तीण भएका छन् ।

काउन्सिल रजिष्टार विन्दा घिमिरेका अनुसार आजको परीक्षामा ४ हजार ७०० जना नर्सहरु सहभागी थिए । त्यसमध्ये ३ हजार ३५५ जना नर्स परीक्षामा उत्तीर्ण भएका छन् । परीक्षाका लागि फारम भरेका ३३ जना भने गयल भएका थिए ।

रजिष्टार घिमिरेका अनुसार परीक्षा विहान ८ बजे देखि साढे ११ बजेसम्म राजधानीका विभिन्न ५ वटा केन्द्रमा चलेको थियो ।

नतिजा हेर्नका लागि यहाँ क्लिक गरौँ

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *