स्वदेश र विदेशमा अध्ययनरत विद्यार्थीलाई लगाइएको फरक फरक मापदण्ड खारेज

काठमाडौँ, १६ कात्तिक । नेपाल मेडिकल काउन्सिलले एमबीबीएस तथा बीडीएस अध्ययन् पछिको नाम दर्ता प्रमाणपत्र ( लाइसेन्स) परीक्षाको मापदण्ड स्वदेशमा अध्ययन गरेका र विदेशमा अध्ययन गरेकालाई समान गर्ने निर्णय गरेको छ ।

यसअघि स्वदेशमा अध्ययन पुरा गरेकालाई ६ महिना र विदेशमा अध्ययन गरेकालाई एक बर्षको इन्टर्नसीप पुरा गरेपछि मात्रै लाइसेन्स परीक्षामा सहभागी हुन पाउने नियम ल्याएको थियो । सो नियमको चिकित्साशास्त्र तर्फका विद्यार्थी तथा चिकित्सकहरुको संस्थाहरुले विरोध गरेका थिए ।

बिहीबार बसेको काउन्सिलको काउन्सिलको बैठकले यसअघिको फरक फरक मापदण्डवाला व्यवस्था सच्याउँने निर्णय गरेको हो ।

‘अब स्वदेशका कलेजमा होस या विदेशका कलेजमा अध्ययन पुरा गरेका हुन् लाइसेन्स परीक्षाका लागि चाहिने इन्टर्नसीपको अवधी समान ( छ महिना पुरा गरेपछि ) हुने निर्णय गरेको छ । विहीबारको बैठकले गरेको नयाँ निर्णय स्वीकृतिका लागि स्वास्थ्य मन्त्रालय पठाउने र त्यहाँबाट स्वीकृति भएपछि लागू हुन्छ,’ काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले भने ।

उनले नयाँ निर्णय आउदो २२ मंसिरको परीक्षामा समेत लागू हुने गरी कार्य अघि बढाएको बताए । ‘हामीले आउँदो परीक्षामा समेत यो नयाँ निर्णय लागू गर्न सकियोस भन्ने हिसावले काम अघि बढाएका छौँ तर मन्त्रालयले कति छिटो सो निर्णय एप्रुभ गर्छ । त्यसमा भर पर्छ,’ उनले भने ।

यसअघि काउन्सिलले आफ्नो निर्देशिकामा उल्लेखित व्यवस्था भन्दै स्वदेश र विदेशमा अध्ययन पुरा गरेका विद्यार्थीलाई फरक फरक व्यवस्था गरेको थियो ।

सो व्यवस्थाको युवा डाक्टर संघ, डाक्टर सोसाइटी अफ नेपाल लगायत विभिन्न विद्यार्थी तथा डाक्टरहरुको संस्थाले विरोध गरेका थिए । विरोध पछि काउन्सिल नयाँ निर्णय कार्यान्वयन गर्ने प्रक्रियाबाट पछि हटेको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “स्वदेश र विदेशमा अध्ययनरत विद्यार्थीलाई लगाइएको फरक फरक मापदण्ड खारेज

Leave a Reply

Your email address will not be published. Required fields are marked *