बाथरोग विरुद्धको अभियान सञ्चालन गर्दै बाथरोग सेन्टर

128
Shares

काठमाडौँ, २६ असोज । आज १२ अक्टोवर अर्थात विश्व बाथरोग दिवस । नेपालमा पनि विविध कार्यक्रम गरी यो दिवस मनाइएको छ । रातोपुलस्थित नेशनल बाथरोग सेन्टरले दिवसकै अवसर शुक्रबार बाथरोग विरुद्धको अभियान शुरु गरेको छ ।

अभियान अन्तरगर्त सेन्टरले शुक्रबार विहान बाथ रोगका बारेमा जनचेतनामुलक कार्यक्रम आयोजना गरेको थियो । रातोपुलस्थित सेन्टर परिषरमा आयोजित कार्यक्रममा बाथरोग विशेषज्ञ डा विनित बैद्य, डा श्वेता नकर्मी, छालारोग विशेषज्ञ डा शेली राजभण्डारी, डा दिपेश शाक्य लगायतले विभिन्न किसिमका बाथरोगको बारेमा जानकारी दिएका थिए ।

उनीहरुले बाथरोग लाग्ने अवस्था, बाथरोग लागि सकेपछि गर्नुपर्ने कार्यहरु, बाथरोग प्रतिका भ्रमहरुका बारेमा आम सर्वसाधारणलाई प्रशिक्षण समेत गराएका थिए ।

कार्यक्रममा बोल्दै बरिष्ठ बाथरोग विशेषज्ञ डा विनित बैद्यले बाथरोगको बारेमा जनचेतना जगाउनु आवश्यक रहेको बताए । उनले बाथरोगका बारेमा अहिले पनि कतिपय स्थानमा भ्रम रहेको भन्दै समयमै उपचार गरे यसलाई नियन्त्रण गर्न सकिने बताए ।

डा श्वेता नकर्मीले बाथरोग लागि सकेपछि त्यसको निर्मुल असम्भव रहेको भन्दै नियन्त्रण गर्न भने सकिने जानकारी दिइन ।

कार्यक्रममा बोल्दै बाथरोग सेन्टरका प्रवन्ध निर्देशक रोशन कक्षपतिले नेपालमै बाथरोगको प्रविधि र प्राविधिकहरु भएकाले बाथरोगको उपचारका लागि बाहिर जान नपर्ने बताए । उनले सुरुवाती अवस्थामा सहि ढंगले उपचार भएको खण्डमा यसलाइ नियन्त्रण गर्न सकिने विचार व्यक्त गरे ।

सेन्टरले आगामी दिनमा बाथ रोगका विरामीसंग हरेक साता बाथरोगसंग सम्वन्धित अन्तरक्रिया गर्ने छ । यस्तै स्वास्थ्यकर्मीहरुलाई यस रोग सम्वन्धी तालिाम दिने र उपत्यका भित्र ५० र बाहिर १८ स्थानमा बाथरोग सम्वन्धि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *