ललितपुर जिल्ला प्रशासनको पत्र पछि जनस्वास्थ्य संघको निर्वाचन अन्योलमा

1.5k
Shares

काठमाडौँ, ११ असोज । निर्वाचन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी हालेका जनस्वास्थ्यकर्मी टोपेन्द्र खड्का र कर्णध्वज चन्दसंग जनस्वास्थ्य संघका पूर्व महासचिव सलाउद्धिन मियाँ र पूर्व कोषाध्यक्ष विनोद रेग्मीले सहमति गरेपछि दुई दिन पछि हुने भनिएको निर्वाचनमा अन्योलता छाएको छ ।

यहि विषयमा उम्मेद्धार तथा पूर्व पदाधिकारीसंग छलफल गर्न प्रमुख निर्वाचन अधिकृत खगेश्वर गेलालले शुक्रबार (भोलि) दिउसो १ बजेका लागि आकस्मिक बैठक डाकेका छन् ।

आउदो १३ असोजका लागि तय भएको निर्वाचन रोक्ने सहितका माग राख्दै खड्काले गत ५ असोजमा जिल्ला प्रशासन कार्यालय ललितपुरमा निवेदन दिएका थिए । सो बारेमा छलफल गर्न पूर्व महासचिव मियाँ र कोषाध्यक्ष रेग्मी सहित निवेदन कर्ताहरुलाई बुधबार ( हिजो) जिप्रका ललितपुर पुगेका थिए । सोही छलफल छलफल पछि सहमति भएको हो ।

तीन बुँदे सहमतिमा निर्वाचन तत्काल स्थगित गरी यथाशिघ्र साधारण सभ ागर्ने, साधारण सभामार्फत नयाँ प्रक्रिया मार्फत काम कारवाही अगाडी बढाउने र निर्वाचन सम्पन्न भएको मितिले पाँच दिन भित्र सम्पूर्ण श्रेस्ता यस कार्यालयमा पेश गर्ने भनिएको छ ।

जिप्रकाले सो सहमतिको पत्र आजै जनस्वास्थ्य संघमा पठाएपछि निर्वाचनबारे थप अन्योलता छाएको हो ।

यो पत्रपछि कतिपय जनस्वास्थ्यकर्मीहरुले निर्वाचन स्थगित भएको भनेका छन् भने कतिपयले सहमति गर्ने आधिकारिक व्यक्ति नभएको भन्दै पत्रको औचित्य नभएको बताएका छन् । निर्वाचन भाड्ने तत्वले यस खालको गतिविधि गरेको भन्दै निर्वाचन पूर्व निर्धारित समयमै हुने समेत कतिपयले बताएका छन् ।

‘अहिले कुनै कमिटि छैन् । सबै जिम्मेवारी निर्वाचन समितिले लिने हो । मियाँ र रेग्मी पूर्व महासचिव र कोषाध्यक्ष हुन् । उनीहरुले गरेको सम्झौँताको केही औचित्य छैन्,’ एक जना सदस्यले भने ।

यद्धपी निर्वाचन स्थगित हुने वा नहुने भन्ने बारेमा भोलि दिउसोको सर्वपक्षीय छलफलले निर्धारण गर्नेछ ।

यसपटकको निर्वाचनमा प्रगतिशील र पेशागत समूहबीच चर्को प्रतिस्पर्धा देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्र

सम्झौँता पत्र

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *