त्रिशुली बस दुर्घटनाका ७ घाइतेको उपचार पुरानो मेडिकल कलेजमा, उपचारका क्रममा तीनको मृत्यु

168
Shares

चितवन, ११ साउन । त्रिशुली बस दुर्घटनाका घाइते मध्ये ७ जनाको उपचार भरतपुरस्थित पुरानो मेडिकल कलेज शिक्षण अस्पतालमा भइरहेको छ । सो अस्पतालमा १० जना घाइते लगिएपनि तीन जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

अस्पतालका बरिष्ठ बजार प्रवन्धक दुर्गा न्यौपानेका उदयराज लामिछाने, कृस गुरुङ, भक्त बहादुर बस्नेत, फिरोज मिया, सौजन गजुरेल, मेघ बहादुर पुन र बिष्णु श्रेष्ठको उपचार भइरहेको छ । कमला श्रेष्ठ ,रबिन गुरुङ र बाबुराम तिवारीको भने मृत्यु भएको छ ।

विहान काठमाडौंबाट पोखराका लागि छुटेको ना ६ ख २५०६ बस ट्रकसंग ठोक्किएर त्रिशुली नदिमा खसेको थियो । सो क्रममा ५ जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परि अरु २३ जना घाइते भएको बताइएको छ ।

उनीहरुको पुरानो मेडिकल कलेज, चितवन मेडिकल कलेज, भरतपुर अस्पताल आदिमा उपचार भइरहेको चितवन प्रहरीले जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *