सरकार र डा. केसी पक्षबीचको आजको बार्ता निस्कर्षविहीन

काठमाडौँ, १ साउन ।  सरकार र डा. गोविन्द केसीपक्षबीचको आज बसेको बार्ता पनि निस्कर्ष विहीन भएको छ । विहान करीब १० बजे देखि दिउसो १ बजेसम्म चलेको बार्ता विना निस्कर्ष टुंगिएको हो ।

डा केसी पक्षले सरकारी पक्ष गभ्भीर बनेको नबनेका कारण बार्ता अघि बढ्न नसकेको आरोप लगाएको छ । सरकारी पक्षले सौहार्दपूर्ण ढंगले अघि बढेको भन्दै पुन आजै अर्को चरणको बार्ता बस्न सक्ने जनाएको छ ।

डा केसी पक्षबाट बार्तामा सहभागी डा अभिषेकराज सिंहले बार्ताका लागि सरकार गम्भीर नबनेको कारण बार्ता अघि बढ्न नसकेको बताए । उनले सरकारी पक्षले डा केसीलाई सत्याग्रही भन्दा पनि विरामीको रुपमा हेरिरहेको बताए । ‘मागका विषयमा कुरा नै हुँदैन । खाली उहाँको स्वास्थ्य उपचारको मात्रै कुरा गर्नुहुन्छ । यो प्रक्रियाले कसरी बार्ता अघि बढ्छ ?,’  डा. सिंहले भने ।

सरकारी बार्ता टोलीका सदस्य डा गुणराज लोहनीले भने बार्ता सौहार्दपूर्ण रुपमा अघि बढी रहेको बताए । ‘अहिले केही छिन दुबै पक्ष थप तयारीका लागि छुट्टा छुट्टै बस्ने गरि छुट्टिएका हौँ । आजै फेरी बार्तामा बस्न सक्छौँ  ‘ डा.  लोहनीले भने ।

डा. सिंहले भने संसदमा दर्ता भएको विधेयक फिर्ता नलिदासम्म बार्ताको अघि बढ्न नसक्ने बताए । ‘हामीले हिजो नै त्यहि भनेका हौँ । उहाँहरु हिजो सकारात्मक देखिनु भएको थियो । तर आज फेरी जहाँको तहि छ । यसरी त अघि बढ्न गाह्रो हुन्छ,’ उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *