‘केही कलेजलाई सम्वन्धन दिनै हुँदैन भनेर डा. केसी किन लाग्नु भएको ?’ शिक्षा मन्त्री पोखरेल
काठमाडौँ, १७ असार । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले केही निश्चित कलेजलाई मात्रै सम्वन्धन दिन नहुने भन्ने प्रबृत्ति त्याग्न डा गोविन्द केसीलाई सुझाव दिएका छन् । उनले अनशन त्यागेर चिकित्सा शिक्षा सुधारका कार्यमा सरकारसंग हातेमालो गर्न आग्रह गरेका छन् ।
शिक्षा मन्त्रालयमा आज भएको पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँने क्रममा मन्त्री पोखरेलले भने, ‘हामीले सम्वन्धन दिने नदिने भन्दा पनि उहाँ किन केही निश्चित कलेजप्रति लक्षित गरी आफ्नो अभियान सुरु गर्नुहुन्छ त्यतापट्टी पनि हेरौँ न ।’
सञ्चारकर्मीले पार्टी निकटका अमुक कलेजलाई सम्वन्धन दिने गरी अध्यादेश ल्याएको र डा गोविन्द केसीले सोही विषयलाई लिएर आमरण अनसन बसेको प्रसंश उठाएका थिए ।
मन्त्री पोखरेलले जवाफका क्रममा सम्वन्धन दिनु अघिका सबै प्रक्रिया पुरा गरेका कलेजहरुलाई पूर्वाधार समेत सम्पन्न गरिसकेपछि सम्वन्धन दिन पाइदैन भन्नु न्याय नहुने समेत स्पष्ट पारे ।
कार्यक्रममा मन्त्री पोखरेलले राष्टिय चिकित्सा शिक्षा विधेयकका विषयमा उठेका प्रश्नका बारेमा समेत स्पष्ट पारेका थिए ।
सम्पर्क इमेल : [email protected]
aru ta chorharu nai hun tara GRMP ta ali bujhne mantri hun bhaneko uha pani esto ghatiya kura garna thale6an. jaya bhrashtachar jaya Kamaunist ra Kamaupanthi