राष्ट्रकवि घिमिरे फेरि अस्पताल भर्ना
काठमाडौँ, २० जेठ । राष्ट्रकवि माधवप्रसाद घिमिरे फेरि अस्पताल भर्ना भएका छन् । भारतमा दश दिन लामो उपचार गरेर फर्किएको भोलिपल्ट घिमिरे अस्पताल भर्ना भएका हुन् ।
राष्ट्रकवि घिमिरेको ग्राण्डी अन्तराष्ट्रिय अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । उनलाई बाइल्याट्रल निमोनिया देखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
मुटु, मिर्गौला र फोक्समा समस्याका साथै आन्तरिक रक्तश्रावको समस्यामा परेका राष्ट्रकविको मेदान्तामा इन्डोस्कोपी गरिएको थियो । राष्ट्रकवि घिमिरे शनिबार दिउसो नेपाल बायुसेवा निगमको नियमित उडानबाट स्वदेश फर्किएका थिए ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]