के तपाईँलाई मोटाउने मन छ ?

धेरै दुब्लो हुँदा साथीभाइले जिस्क्याउने गर्दछन्, कति ख्याउटे भनेर । त्यसको उत्तर दिँदादिँदा हैरान हुनुभएको होला । तर, नआतिनुहोस्, शरीरलाई तन्दुरुस्त हुने गरी वजन बढाउन पनि सकिन्छ ।

दुब्लो हुनलाई मात्र कसरत गर्नुपर्छ भन्ने हाम्रो सोचाइ छ । मोटो हुनलाई पनि हामीले त्यतिकै कसरत गर्नु आवश्यक छ । कसरतले हामीलाई खाना बढाइदिन्छ र सो खानाले शरीरमा मोटोपना बढ्छ । तर, कसरत गर्दा पहिले कम समय दिँदै बिस्तारै बढाउँदै लानुपर्छ ।

कसरतका साथै हामीलाई आरामको पनि जरुरी हुन्छ । आराम गर्दा हाम्रो मांसपेशी बढ्छ । त्यकारण बानी लागिसकेपछि एकैनासले दैनिकभन्दा पनि दुई दिनमा कसरत गर्नुपर्छ । रातमा ७ देखि ८ घन्टा अनिवार्य निदाउनुपर्छ ।

व्यायामसँगै आफ्नो खानाको मात्रालाई पनि बढाउनुपर्छ । तर, त्यस्तो खाना जंकफुड नभएर पौष्टिक हुनुपर्छ । खानाका साथै प्रशस्त मात्रामा पानी पिउनुपर्छ । हाम्रो मांसपेशी ७० प्रतिशत पानीले बनेको हुन्छ । त्यसलाई कायम राख्न पानीले मद्दत गर्छ ।

प्रोटिन, कार्बोहाइड्रेड र चिल्लोयुक्त खाना मिलाएर खानुपर्छ । चिल्लोयुक्त खाना नरिवल, बदाम, ओखर आदिमा पाइन्छ । त्यस्तै, कार्बोहाइड्रेड विभिन्न फलफूल, भात, मटर, महमा पाइन्छ भने प्रोटिन अन्डा, कुखुराको मासुमा पाइन्छ ।

कतिपयले मोटाउने औषधि पनि प्रयोग गर्छन् तर, यसको प्रयोग सरासर गलत हो ।  सबैभन्दा ठूलो कुरा हिम्मत हो । हामीले कहिल्यै पनि हिम्मत हार्नु हुँदैन । वजन बढाउन केही समय लाग्छ, तर नियमित मिहिनेत गरिराख्नुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

One thought on “के तपाईँलाई मोटाउने मन छ ?

  1. मा मोटाउने चाहन्छु मेरो लागि के सुझावा दिने सक्नु

Leave a Reply

Your email address will not be published. Required fields are marked *