अनुहारमा चायाँ तथा कालोपोतो किनआउँछ ? जोगिने कसरी ?

राम्रो देखिन कसलाई पो मन पर्दैन र ? तर कतिपयको जिउडाल चिटिक्क भएपनि अनुहारमा आएको कालोपतो तथा चायाँले उसको रुपरंग नै बदलिदिन्छ । शारीरिक बनावट तथा व्यत्तित्वमा उत्कृष्ठ ठहरिएका समेत अनुहारमा आएको कालोपोतो तथा चायाँले कमजोर महसुस गराइरहेको हुन्छ । त्यसैले यस्ता स्वास्थ्य समस्यालाई समाधान गर्न मानिसहरु उपचार र उचीत परामर्समा लागि रहेका हुन्छन हुन्छन । उपचारका लागि घरेलु जडीबुटीदेखि बजारमा चलेका अनेकौ क्रिमको पछाडि दौडन्छन् ।

चिकित्सकहरु परामर्सविना जथाभावी प्रयोग हुने त्यस्ता क्रिमले छालामा उल्टै असर गर्न सक्ने बताउछन । बरिष्ट छालारोग विशेषज्ञ डा अनिलकुमार झा चायाँ आउनुमा विभिन्न कारणहरु हुन सक्ने बताउछन । उनले महिला तथा पुरुषहरुमा देखिने चायाँ तथा कालोपोतोका कारण पनि एउटै नभएको बताउँछन् ।

डा. झाका अनुसार सामान्य त चायाँ पोतो घामका कारण आउने गर्छ । घाम लाग्दा आउने अल्ट्राभाइलट किरणले प्राय निस्क्रिय अवस्थामा रहने हाम्रो शरीरको छालाको रङ तयार पार्ने तत्व ‘मेलानीन ’ लाई पुरै सक्रिय बनाउँछ । जव ‘मेलानीन’ आवश्यक भन्दा बढी उत्पादन हुन्छ, अनुहारमा चायाँ पोतो देखिन थाल्छ ।

उनले व्यक्तिको अनुहारको भाग अर्थात निधार तथा गालामा चायाँ पोतो बढी आउनुको कारण ‘मेलानीन’ भन्ने तत्व ती भागमा बढी हुनु रहेको बताउँछन । ‘प्राय अनुहारमा त्यो तत्व बढी मात्रामा हुन्छ । त्यसमा पनि निधार र गालाको भाग भनेको घामको प्रत्यक्ष स्पर्स हुने भाग हो ।’ बढी मात्रामा रहेका तत्व त्यहि ठाउँमै घामको किरण समेत बढी परेपछि आफसेआफ बढी देखिन्छ ।’

त्यसो त छालाको रङ बनाउने अर्को पनि तत्व हुन्छ जसलाई मेलानोसाइट भन्छौ । छाला काला, खैरो वा गोरो बनाउने यो तत्व पनि गाला निधार, काखी, काप जाँघहरुमा बढी मात्रामा हुन्छ त्यसैले ती स्थानमा छिटो प्रभाव देखिन्छ ।

साधारणतया पुरुषहरुमा घामकै कारणले अनुहारमा चाया आउने गर्छ तर महिलाहरुमा अन्य घामसंगै अन्य कारणहरु पनि हुनसक्छन । डा. झा भन्छन, ‘गर्भवती अवस्थाकी महिला, गर्भपतन गराएका महिला, परिबार नियोजनका विभिन्न औषधि (गर्भनिरोधक चक्की पिल्स, नरप्लान्ट वा कन्ट्रासेप्टहरु)को सेवन गर्ने महिलाहरुलाई चायापोतोको समस्या देखिन सक्छ । त्यसैगरी महिनाबारी गडबढी तथा पाठेघरमा समस्या तथा कतिपय बेला हर्मोनको कारणले पनि यस्तो अवस्था आउँन सक्छ ।

गर्भावस्थामा आउने चायापोतोलाई कोलाज्मा भन्छौँ । अन्य कारण्ँले आउने चाँया पोतोलाई मेलाज्मा भनिन्छ । हर्मोनको प्रयोग र शरीर भित्रका कमजोरीले पनि चाँया पोतो आउँने गरेको अध्ययनले पुष्टि गरिसकेको छ ।

कतिवेला आउछ अनुहारमा चायाँपोतो ?
सामान्यत यतिनै बेला भन्ने हुदैन । तर चिकित्सकहरुले ‘एडल्ट’ उमेरमा पुगेपछि कतिपयमा यस्तो समस्या आइलाग्ने बताउछन् । छालारोग विशेषज्ञ डा झा भन्छन, ‘प्राय १५ देखी ४५ वर्ष उमेरसम्मका महिला तथा पुरुषमा बढी समस्या देखिन्छ । महिलामा विशेष कारणहरु जस्तै महिनावारी रोकिने बेलामा बढी हर्मोनको अन्तर भएर आउँछ । त्यही समयमा चाँयाहरु आउन सक्छ । त्यसैगरी पाठेघरको समस्याले गर्दा पनि चाँया आउँछ ।

तसर्थ चाँयापोतोको कारण पत्ता लगाएर त्यसको उपचार गरेमा अनुहारमा आउने चाँयापोतोलाई रोक्न सकिन्छ । डा झा भन्छन ‘ चायाँ पोतो आएका गर्भवती महिलाहरुले प्रसुती तथा स्त्रीरोग विशेषज्ञहरुलाई देखाई उचित उपचार तथा परामर्स लिनु पर्छ । कतिपय अवस्थामा औषधिको प्रयोग, केमिकल पिलिङग र लेजर प्रविधिबाट चाँयालाई हटाउन सकिन्छ ।’

चिकित्सकहरुले अनुहारमा देखिने चायाँपोतोलाई दुई भागमा बाँढेका छन् । एउटा भित्री छालाको पत्रमा हुने चाँया , अर्को बाहिरी छालाको पत्रमा हुने चाँया । छालाको माथिल्लो पत्रमा हुने अर्थात बाहिरी पत्रमा हुने चायापोतो सजिलै औषधिहरुबाट निको हुन्छ तर छालाको तल्लो पत्रमा हुने चाँया औषधिबाट निको हुन समय लाग्छ । कपितय अवस्थामा यस्तो समस्या समाधानका लागि लेजर प्रविधि अपनाउनु राम्रो मानिन्छ ।

के गर्ने त ?
साधारण तया घामकै किरणहरुले चायापोतो आउने भएपछि घामबाट आफ्नो अनुहार जोगाउनु पर्छ । त्यसका लागि अनुहार छोप्नु, चस्माको घाम छेक्ने चस्मा, टोपी, तथा रुमालहरुको प्रयोग गर्नु तथा कडा घाममा ननिस्कनु नै उपायहरु भएको बताउछन चिकित्सकहरु ।

तर त्यसो भनेर साध्य पनि हुदैन । विकल्प के त ? फेरि छाला रोग विशेषज्ञ डा झा, ‘ हो घामका किरणबाट अनुहारलाई जोगाउनुनै उपयुक्त विकल्प हो , त्यसका लागि टोपी , चस्मा, मास्क तथा अन्य घाम छेक्ने कपडाहरुको प्रयोग गर्नुपर्छ । यदि निस्कनै परे बजारमा घामबाट बच्ने सनव्लक र सनस्क्रीन क्रिमहरु लगाउनुनै फाइदा जनक हुन्छ । ’उनले धेरैनै चाँया आउनेहरुले घरमा बस्दा वा मधुरो घाममा पनि सनव्लकको प्रयोग गर्न सुझाव दिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *