उच्च रक्तचाप नियन्त्रणमा राख्न ‘ब्रिटिस ब्लडप्रेसर एसोसिएसन’ले दिएको ८ सुझाव

उच्चरक्तचाप वा हाइपर टेन्सनका कारण हृदयघात, मिर्गौला फेल र मस्तिस्कघात (स्ट्रोक)को खतरा बढ्ने विभिन्न अध्ययनले देखाएको छ ।

हालै मात्रै ब्रिटिस ब्लडप्रेसर एसोसिएसनले गरेको एक अध्ययनले स्वस्थ जीवनशैली, खानपिनमा विचार र कतिपय बानीमा सुधार गरेर आफ्नो ब्लडप्रेसर नियन्त्रण गर्न सकिने देखाएको छ ।

एसोशिएसनले व्लड प्रेसर नियन्त्रणका लागि लागि केही उपयोगी सुझाव समेत दिएको छ :

१.हरेक दिन कम्तीमा दुई दाना फलफूल र एक कचौरा तरकारी खाने । यो खानाले शरीरमा आवश्यक पोटासियमको मात्रा पूर्ति गर्छ र ब्लडप्रेसर कन्ट्रोल गर्न मद्दत गर्छ ।

२. नुनको मात्रा कम गर्नुपर्छ । धेरै नुनले शरीरमा सोडियमको लेभल बढाउँछ । सोडियम लेभल उच्च हुँदा ब्लडप्रेसर पनि बढ्छ ।

३. डेरी उत्पादन खाँदा विचार पु¥याउनुपर्छ । सकेसम्म कम खाने, त्यो पनि ‘लो फ्याट’ भएको मात्र खानुपर्छ । लो फ्याट डेरी प्रोडक्टले कोलेस्ट्रोल बढ्न दिदैन ।

४. कम्मरको मोटाइ हाई ब्लडप्रेसरको एउटा मूल कारण बन्न सक्छ । कम्मरको मोटाइ पुरुषले ४० इन्च र महिलाले ३५ इन्चमाथि हुन दिनुहुन्न । कसरत गरेर मोटोपन नियन्त्रण गर्न सकिन्छ । ।

५.हरेक दिन कम्तीमा ३० मिनेट शारीरिक कसरत गर्दा ब्लडप्रेसर कन्ट्रोलमा राख्न मद्दत मिल्छ । साइक्लिङ, स्विमिङ र डान्सिङले राम्रो गर्छ ।

६.‘प्रोसेस्ड फुड’ खाँदा पनि ब्लडप्रेसर हाई हुन सक्छ । यसमा नियन्त्रण गर्न जरुरी छ । प्रोसेस्ड फुडमा सोडियम धेरै हुने भएकाले ब्लडप्रेसर सन्तुलनमा समस्या पार्छ ।

७. स्ट्रेस(तनाव)ले पनि ब्लडप्रेसर निम्त्याउँछ । त्यसैले स्ट्रेस कम गराउनुपर्छ । मेडिटेसन, साथीभाइसँग रमाइलो गरेर स्ट्रेस कम गर्न सकिन्छ ।

८. मध्यपान र धुम्रपान गर्नेहरूमा हाई ब्लडप्रेसरको खतरा उच्च हुन्छ । चुरोट पिएपछि ब्लडप्रेसर बढ्छ । रक्सी धेरै पिउँदा पनि ब्लडप्रेसर र स्ट्रेस बढाउँछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *