यी हुन् सुर्तीजन्य पदार्थविरुद्ध क्रियाशिल बाग्लुङका युवा अभियन्ता

सेभ द यूथका मनिष रायमाझी र फोकल पर्सन चुडामणी कँडेल

बाग्लुङ २१ चैत । युवाहरुलाई सुर्तीजन्य पदार्थको कुलतबाट जोगाउन सरकारले निक्कै कडा नियम बनाएको छ तर त्यसको कार्यान्वनय अवस्था भने अहिलेसम्म अत्यन्तै फितलो देखिएको छ ।

तर बाग्लुङका केही युवाहरु भने सो नियम कार्यान्वनय गराउन कम्मर कसेर लागि परेका छन् । उनीहरुले भनेका छन, ‘अवको दुई महिनामा बाग्लुङमा केही न केही परिवर्तन देखाएरै छाड्छौँ ।’

हुन पनि अहिले जिल्लामा सुर्ती नियन्त्रण अभियानमा ३५ बर्ष ननाँघेका सरकारी तथा गैरसरकारी संस्थाका युवा नेतृत्वकर्ताहरु एक जुट भएर लागेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारी, सुर्ती नियन्त्रण अभियानका फोकल पर्सन चुडामडी कंडेल, जिल्ला कर कार्यालयका प्रमुख सूर्यप्रसाद चापागाँई सुर्ती नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन दिनहुँ समन्वय गरिरहेका छन् । उनीहरुलाई बलियोसंग साथ दिएका छन् स्थानीय ‘सेभ द युथ’क्लवका अध्यक्ष मनिष रायमाझी ।

त्यसो त कानूनले सुर्ती नियन्त्रण तथा नियमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई नेतृत्वकर्ता तोकेको छ । धेरै जसो जिल्लामा नेतृत्व लिएको व्यक्ति सुस्ताउँदा नियम फितलो बनको छ । तर बाग्लुङमा यतिवेला सहायक प्रमुख जिल्ला अधिकारी बनेर पुगेका ध्रुब  गिरी सुर्ती नियन्त्रणको यो अभियानलाई चासो पूर्वक हेर्ने गरेका छन् र दह्रोसंग साथ दिएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारी

जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कंडेल भन्छन्, ‘बाग्लुङलाई सुर्तीजन्य पदार्थको प्रयोगलाई नियन्त्रण गर्ने नियम कार्यान्वनय गराउन केही बर्ष देखि नै प्रयास थालिएको थियो । त्यो प्रयास यतिवेला सार्थक रुप लिँदैछ । किनभने अहिले जिल्ला प्रसासन प्रहरी, जनस्वास्थ्य, कर कार्यालय, स्थानीय क्लवका अगुवाहरुमा एकमत भएको छ ।’

स्थानीय प्रशासनको सहयोगमा जिल्ला जनस्वास्थ्यले बाग्लुङ बजारमा सहित जिल्लाका मुख्य मुख्य बजारमा दर्ता नभएका पसलहरुबाट सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न उद्योग बाणिज्यसंघको समम्वनयमा व्यापारीहरुलाई समेत ओरिन्टेसन दिईसकेको छ ।

उता कर कार्यालय प्रमुख चापागाईँले अब इजाजत पत्र विना सुर्तीजन्य पदार्थको बेचविखन गर्न नपाईने व्यवस्थालाई कडाईका साथ लागू गर्न निर्देशन आइसकेको भन्दै आफूहरुले नियमित रुपमा अनुगनम गरेको बताए । उनले जिल्लामा अहिलेसम्म ५६३ वटा पसलले सुर्ती तथा मदिराका लागि विक्री वितरण गर्ने इजाजत लिएको भन्दै त्यसको पनि मापदण्ड नमिलेको भएमा कारबाही गरिने बताए । केही पसलहरुले असारसम्मको लागि इजाजत लिएकोले साउनदेखी नियम पूर्णरुपमा कार्यान्वनय आउने बताए ।

उता सुर्तीजन्य पदार्थ प्रयोग विरुद्धको अभियानमा सबैभन्दा सक्रिय रुपमा लाग्ने युवा हुन् मनिष रायमाझी । जिल्ला कराते संघका अध्यक्ष समेत रहेका खेलाडी युवा तथा सामाजिक अगुवा रायमाझी सेभ द यूथ क्लवका अध्यक्ष समेत हुन् । ‘हाम्रो उद्धेश्य पाको उमेरका व्यक्तिलाई सुर्ती चुरोट छुटाउन तथा युवा तथा किशोर किशोरीहरुलाई यसको लतमा लाग्न नदिनुनै हो ।’

उनको संक्रियतामा स्थापित क्लवले गतवर्ष नै बजारका पाँचस्थानमा बुथ बनाएर सार्वजनिक स्थानमा धूमपान गर्नेलाई नियन्त्रणमा लिई एक घण्टा कक्षा लिएर पठाउने व्यवस्था गरेको थियो । ‘हामीले विशेषगरी प्रहरीको सहयोगमा यो कार्य गरयौँ तर बीच बीचमा प्रहरी प्रमुख फेरिँदा केही अभियानमा केही अप्ठेरो हुँदो रहेछ,’ उनले भने ।

उनले किराना पसल, चिया पसल तथा मिठाई पसलबाट निर्वाध रुपमा विक्री वितरण हुँदै आएको सुर्तीजन्य पदार्थको अभियानलाई रोक्न लागिपरेको बताए ।

जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख तिवारीले सरकारले ल्याएको सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐनको कार्यान्वनय गर्न नेटवर्क बनाएर अघि बढाएको बताए । उनले बाग्लुङलाई सुर्ती नियन्त्रणमा नमूना जिल्ला बनाउने कार्यमा लागि परेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *