स्वस्थ रहनका लागि अपनाउनुहोस् यी सजिला ६ तरिका

स्वस्थ, फिट र आकर्षक देखिने चहना सबैको हुन्छ । तर कतिपयलाई चाहना हुँदा हुँदै पनि बानी व्यवहारलाई नियन्त्रण गर्न नसक्दा पुरा हुन सक्दैन ।

तर नआत्तिनुस् आज हामी तपाईँलाई दैनिक रुपमा सजिलै प्रयोगमा ल्याउन सक्ने त्यस्ता तरिकाहरु सिकाउने छौँ । जसले तपाईँलाई स्वस्थ र फिट रहन मद्दत गर्छ । ती तरिका यसप्रकार छन्

१. विहान सबेरै उठ्नुस् :

स्वास्थ्य विशेषज्ञका अनुसार बिहान सबेरै उठ्नु तपाईँलाई लाभदायक हुन्छ । बिभिन्न अध्ययनहरुले पनि बिहान सबेरै उठ्नेमा रोगहरु पनि कम लाग्ने बताएका छन् । त्यसै गरी दिनभरी शरीर स्फूर्त राख्न पनि सबेरै उठ्नु जरुरी हुन्छ ।

२. जंक र प्रोसेस्ड खाना नखानु :

पोषणबिशेषज्ञका अनुसार सदैव स्वस्थ रहनका लागि जंक र प्रोसेस्ड खाना नखानु एकदम आवश्यक हुन्छ । जंक र प्रोसेस्ड खानामा केवल फ्याट मात्रै होइन नुनको मात्रापनि बढी हुन्छ । यसको बाहेक जंक खाना मोटोपना बढाउने अन्य धेरै रसायनहरु पनि अत्याधिक मात्रामा हुन्छ ।

३. खाना खाँदा पानी नपिउँ :

बिशेषज्ञका अनुसार खाना खाँदा पानी पिउनु राम्रो होइन खाना खानु भन्दा पहिले र खाइसकेपछि तुरुन्त पानी पिउनु पनि लाभदायक हुँदैन । खाना खानु भन्दा आधाघन्टा अगाडि र खाईसकेपछि आधा घन्टापछि मात्रै पानी पिउनु उत्तम मानिन्छ । चाहे जाडो महिनाहोस् या गर्मी दैनिक कम्तिमा सात आठ गिलास पानी पिउनु पर्छ । यसले शरीरमा चाहिने पानीको मात्रा पूरा गर्छ साथै छाला स्वस्थ, चम्किलो र निखार राख्नपनि मद्दत गर्छ ।

४. रातिको खाना खाने समय :

तपाई मोटोपन बाट बच्च्न चाहनुहुन्छ भने राति सुत्नु भन्दा कम्तिमा पनि दुई तीन घन्टा अगाडि खानाखाने गर्नुस् । खाना खाईसकेपछि केही समय सामान्य हिड्डुल तथा केही क्रियाकलापमा सहभागी रहनुस् । यसले गर्दा खाएको खाना सजिलै पच्छ र पाचन प्रणालीलाई धेरै मेहेनत पर्दैन ।

५. रंगी विरंगी खाना :

पोषण विशेषज्ञहरु स्वस्थ रहन रंगी विरंगी खाना खान राम्रो हुने बताउछन् । यसको मतलव बजारमा पाइने कृतिम रंग हालेका खाना खाने भनेको भने होईन । प्राकृतिक रुपमा पाइने सबै प्रकारका खाना, सब्जी, फलफूल, दाल, गेडागुडी, माछामासु आदिलाई मिलाएर आफ्नो खानामा समावेश गर्नु पर्छ भनिएको हो ।

६. शारीरिक ब्यायाम/योगा/ध्यान :

स्वस्थ र फिट रहन खानामा जति ध्यान दिनुहुन्छ त्यति नै शारीरिक ब्यायाममा समय दिन जरुरी हुन्छ । कडा शारीरिक ब्यायाममा समय दिन नसके पनि बिहान बेलुका केही समय सामान्य हिँडडुल र केही समय योगा अथवा ध्यानमा लगाउनु भयो भने तपाईको शरीर स्वस्थ, स्फूर्त र फिट रहने निश्चित छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *