लिखित परीक्षामा सहभागी हुन नचाहनेलाई पैसा फिर्ता

काठमाडौँ, १७ चैत । कान्ति बाल अस्पतालले करार सेवामा कर्मचारी लिने प्रक्रिया ‘लफडा’मा फसेको छ । अन्तर्वार्ताको माध्यमबाट छनौट गर्न भनेर सूचना निकालेको अस्पताललाई स्वास्थ्य मन्त्रालयले अन्तिममा आएर लिखित परीक्षा समेत लिनु भन्ने निर्देशन दिएपछि ‘लफडा’ सुरु भएको हो ।

अस्पतालले आज निकालेको सूचनामा लिखित परीक्षामा सहभागी हुन नचाहनेले पैसा फिर्ता लैजान सक्ने बताएको छ । त्यस्तै लिखित परीक्षा दिन चाहनेले पुन फारम भर्न समेत आवहान गरेको छ ।

यस अघि दरखास्त दिनेको संख्या अत्यधिक भएपछि कान्तिले छनौटको जिम्मा मन्त्रालयलाई दिएको थियो । तर मन्त्रालयले अन्तिममा आएर परीक्षा प्रणाली नै परिवर्तन गर्न र सो काम आफै गर्न कान्तिलाई निर्देशन दिएको थियो ।

अस्पतालको पदपूर्ति समितिको निर्णय भन्दै आज प्रकाशित सूचनामा लिखित परीक्षामा सहभागी हुन नचाहनेले २० देखि २६ चैत भित्र सम्पर्क राखेर दस्तुर फारम फिर्ता लैजान सक्ने र परीक्षामा सहभागी हुन चाहनेले पुन २० देखि २६ चैत भित्र फारम भर्न सक्ने जनाइएको छ ।

लिखित परीक्षामा सहभागी हुन चाहनेले २६ देखि ३१ चैत भित्र आफ्नो प्रवेश पत्र लैजान सक्ने बताइएको छ । लिखित परीक्षाको मिति भने अहिले पनि तोकिएको छैन् । सूचना भनिएको छ, ‘परीक्षाको मिति २७ चैत पछि सार्वजनिक गरिनेछ ।’

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *