बच्चाले खुट्टा दुख्यो भन्छ ? क्याल्सियमको कमी हुनसक्छ

काठमाडौँ, ८ चैत । शारीरिक विकासको क्रममा कहिलेकाहिँ बच्चाको हातगोडा दुख्ने समस्या आउन सक्छ । यस्तो समस्यालाई मेडिकलमा ‘ग्रोइङ पेन’ (बढ्दो उमेरको समस्या)भनिन्छ ।

बच्चामा किन यो खालको समस्या देखिन्छ त ? बच्चामा आवश्यक क्याल्सियमको कमीले यस्तो समस्या निम्तने वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा. डा. गणेश गुरुङले बताए । ‘बच्चा बढ्दै जाँदा उनीहरुलाई आवश्यक क्याल्सियमको कमीले जोर्नी तथा हड्डी दुख्ने हुन्छ’ उनले भने, ‘चुलबुले तथा खेल्ने बच्चाहरुलाई क्याल्सियमको दर बढी चाहिन्छ ।’

बच्चा उमेअनुसार बढ्न क्याल्सिमय अपरिहार्य पर्छ । क्याल्सिमय कम हुन नदिन खानपानमा विशेष ख्याल पुर्‍याउनुपर्छ । हरेक दिन सामान्य मालिस गर्दा पनि बच्चाको दुखाईमा धेरै राहात मिल्छ । कतिपय बच्चाहरु जोर्नी दुखाईको कारण बाथ रोग पनि हुनसक्छ ।

कतिपय बालबालिकामा बाथको समस्या भने पछि गएर आँफै ठीक हुन्छ । तर, कतिपयको भने पछिसम्म औषधि सेवन गर्नुपर्ने हुनसक्ने बताउँछन् डा. गुरुङ ।

बच्चाको ढाड दुखाईमा भने विशेष ध्यान दिनैपर्छ । ‘प्याथोलोजिकल’ समस्या नभई बच्चाहरुमा ढाडको समस्या हत्तपत्त नदेखिने गुरुङको भनाई छ । ‘कुनैबेला बच्चाहरुको ढाडको हड्डी स्लिप भइदिन्छ भने कुनैको जन्मिँदै हड्डीमा ‘डिफेक्ट’ हुनसक्छ’ उनले भने, ‘जन्मिँदै देखिएको समस्या ट्यूमन पनि हुनसक्छ, विशेषज्ञको सल्लाह लिनुपर्छ ।’ बढ्दै गरेको बच्चामा हड्डी तथा जोर्नीमा समस्या देखिने खास कारण भने क्याल्सियमको कमी नै हो ।

डेरीका उत्पादन दूध, दही, चिजमा क्याल्सियम सबैभन्दा राम्रो पाइन्छ । सुन्तलाको जुस, चकलेट मिल्क, चाइनिज बन्दागोवी, चिप्ले भिन्डी, ब्रोकाउली, बदाम, माछालगायतमा पनि क्याल्सिमयको मात्रा धेरै हुन्छ । बच्चाको उमेरअनुसार यस्ता खानामा जोड दिनुपर्छ । उमेरअनुसार बच्चालाई प्रतिदिन यति मात्रामा क्याल्सियम चाहिन्छ :

उमेरअनुसार क्याल्सिमय
०–६ महिना प्रतिदिन २०० मिलीग्राम
६–१२ महिना प्रतिदिन २६० मिलीग्राम
१–३ वर्ष प्रतिदिन ७०० मिलीग्राम
४–८ वर्ष प्रतिदिन १,००० मिलीग्राम
९–१३ वर्ष प्रतिदिन १,३०० मिलीग्राम

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *