बैशाखमा आउला त केन्द्रको औषधि ? यस्तो छ अवस्था

काठमाडौँ, २८ माघ । स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाले गत असोज १६ गते ५३ प्रकारका औषधि खरीदका लागि टेन्डर आवहान गर्दै सूचना निकालेको थियो । सो टेन्डर १ मंसिरमा खोलियो ।

त्यतिवेला थाह भयो ६ प्रकारका औषधिका लागि टेन्डर नै परेन । अर्को ४ प्रकारका औषधिका लागि परेको डेन्टरको मापदण्ड मिलेन र महाशाखाले प्रतिस्पर्धाबाट हटायो । अब १० प्रकारका औषधिका लागि पुर्न डेन्टरका लागि सूचना निकाल्ने तयारीमा छ महाशाखा ।

महाशाखाले बाँकी ४३ प्रकारका औषधिका लागि खरीद सम्झौता गर्न आवहान गरयो तर त्यसमध्ये अहिलेसम्म ७ प्रकारका औषधिका लागि मात्रै सम्झौता भएको छ । अरु २१ प्रकारका औषधिका लागि सम्पूर्ण कागजात पुरा भएपनि सम्झौँता हुन सकेको छैन् ।

‘बाँकी १५ प्रकारका औषधिका लागि कागजात समेत पुरा भएको छैन् । कतिपय डीडीएमा दर्ताको प्रकृयामा रहेछ । कतिपय जिएमपी नविकरण गर्नुपर्ने अवस्थाको रहेछ । यो प्रक्रिया नटुंगिएकोले पुरा भएको छैन् ,’ महाशाखा प्रमुख डा भिमसिंह तिंकरीले भने ।

‘केन्द्रबाट औषधि खरीदका लागि ७९ करोड बजेट छुट्याइएको छ । यद्धपी अहिले सम्झौँता हुने बेलासम्म झण्डै ४६ करोडको सम्झौँता हुनेसम्भावना देखिएको छ,’ डा तिंकरीले भने ।

मन्त्रालय सम्हाले देखिनै औषधि खरीदलाई प्राथमिकता राखेका स्वास्थ्यमन्त्री गगन थापाले बैशाख सम्ममा केन्द्रबाट खरीद भएका सबै औषधि जिल्ला जिल्लामा पुग्ने बताएका छन् । तर सो अवधीमा सबै औषधि केन्द्रमा आउने सम्भावना समेत क्षिण बन्दै गएको महाशाखाका एक कर्मचारीले बताए ।

‘यसै हप्ता हो ७ वटा औषधिको डेन्टर भएको । सम्झौँता पछि औषधि ल्याउने समय ९० दिन दिइएको हुन्छ । सप्लायर्सहरुले सोही अवधीको अन्तिम तिर औषधि ल्याउँछन् । सम्झौँता हुन अझै धेरै बाँकी नै छ । त्यसैले पनि बैशाखमै औषधि आउने कुरा पत्याउन गाह्रो पर्छ,’ ती कर्मचारीले भने ।

मन्त्री थापाले औषधि खरीदका लागि छुट्याइएको १ अर्व ५० करोड रकम मध्ये ५१ करोड १० रकम जिल्लामा गईसकेको र धेरै जसो जिल्लाले औषधि खरीद गरिसकेको खबर आएको बताएका छन् । तर जिल्लाले खरीद गर्ने औषधि कुल खरीदको २० प्रतिशत मात्रै हो । १० प्रतिशत क्षेत्रले र बाँकी ७० प्रतिशत केन्द्रबाटै खरीद हुने गर्दछ ।

यी औषधिका लागि प्रस्ताव परेन
आपूर्ति व्यवस्था महाशाखाका अनुसार प्रोमेथाजिन हाइडोक्लोराई ट्याव २५ एमजी, थाईरोक्सिन २५ एमजी, थाईरोक्सिन ५० एमजी, एस्प्रीन ट्याव ७५ एमजी, एस्प्रीन १५० एमजी, कोट्रिमाईजोल प्रेसरी ट्याव १०० एमजी गरी ६ प्रकारका औषधिका लागि प्रस्ताव नै परेन । त्यसबाहेक प्रकृया नपुगेको भन्दै ४ वटा औषधिको डेन्टर रद्ध भएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *