तथ्यांक राख्ने कर्मचारी अख्तियार गएपछि स्वास्थ्यको रेकर्ड चौपट !

काठमाडौँ, २५ माघ । सरकारी सेवामा कार्यरत कर्मचारीलाई स्वास्थ्य सेवा ऐनले एक महिना र निजामती सेवा ऐनले तीन महिनासम्म काजमा राख्न पाउने व्यवस्था गरेको छ । तर स्वास्थ्य मन्त्रालयका विभिन्न निकायमा कार्यरत केही अधिकृहरु महिनौँ र बर्षौ देखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलयमा काजमा बसेका छन् । अख्तियारमा नियम विपरित लामो समय रहँदा यता स्वास्थ्यको कामलाई भने प्रत्यक्ष असर पुरयाएको बताइएको छ ।

स्वास्थ्य सेवा विभाग स्रोतका अनुसार डोटीका तथ्यांक अधिकृत परमानन्द पन्तलाई अख्तियार कन्चनपुरमा काजमा गएका छन् । त्यस्तै कास्कीका तथ्यांक सहायक विदुर श्रेष्ठ अख्तियारको केन्द्रीय कार्यालयमा काजमा आएको बर्षौ भईसक्यो ।

मुस्ताङका  तथ्यांक सहायक मेघनाथ रेग्मी पनि अख्तियारको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा काजमा छन् । बर्दियाको तथ्यांक सहायक नविन मिश्र समेत काजमा बसेका छन् ।

विभागस्रोत भन्छ, निजामतीले तीन महिना बढी काजमा बस्न नपाउने भनेपनि उनीहरु काजमा बसेको कम्तिमा ८ महिना देखि साढे दुई बर्षसम्म पुगिसकेको छ ।

तथ्यांक राख्ने प्राविधिक कामको तालिम लिएकाहरु नै लामो समय कार्यालयमा नहुँदा जिल्लामा तथ्यांक राख्न गाह्रो परेको बताइएको छ । ‘कि सरुवा भए हुन्थ्यो । अन्य कर्मचारी भर्ति गर्न समेत सकिन्थ्यो तर त्यस्तो भएन । यसले अप्ठेरो पारेको छ,’विभागका अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *