तपाईँलाई हाच्छिउले कत्तिको सताउँछ ? यी हुन् नौँ रोचक तथ्य

१. हाच्छिउ गर्दा निस्कने वायु पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघण्टा सम्म पुग्न सक्छ ।

२. हाच्छिउ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ ।

३. हाच्छिउ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुर्नस्फुर्ति ल्याँउछ ।

४. धुवा धुलो चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउको कारण बन्न सक्छ । करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ ।

५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउ दुई तीन पटक सम्म लगातार आउन सक्छ ।

६. हाच्छिउ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।

७. हाच्छिउ गर्दा मुटुको धड्कनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

८. आइरहेको हाच्छिउ रोक्नु एकदमै खराब मानिन्छ । त्यसो गर्दा बेगसंग भित्रबाट निस्किएको हाच्छिउको दवाव आँखाका धमनीहरु कानको जाली मस्तिस्क तथा डायफ्राम पर्न गई नराम्रो असर गर्छ ।

९. तर यदि तपाईँलाई हाच्छिउ आउला जस्तो भएको छ भने त्यसलाई भने रोक्न सकिन्छ । नाक कन्याउने, नाक र ओठको बीचको भागलाई औलाले दवाव दिने लामो स्वास लिने गर्दा हाच्छिउ रोक्न सकिन्छ ।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *