विकट ग्रामीण क्षेत्रमा एम्बुलेन्स सेवा
सप्तरी, ७ पुस – विकट ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले कुलानन्द झा स्मृति प्रतिस्ठान, मानराजा–५ सप्तरीले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ ।
भारतीय राजदूतावासद्वारा प्रदान गरिएको सो एम्बुलेन्सबाट २० गाविसका बिरामीलाई उपचारका लागि सहयोग पुगेको संस्थाका अध्यक्ष सुमनकान्त झाले बताए ।
ती गाविसमा एम्बुलेन्स सेवा अहिलेसम्म नरहेको पाइएको छ । विसं २०६८ सालमा प्रजातन्त्र सेनानी कुलानन्द झाको स्मृतिमा सञ्चालित सो संस्थाले हालै २७ गाविसमा एचआइभी एड्स नियन्त्रण, खोप कार्यक्रम लगायतका जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको बताइएको छ ।
सो संस्थाले सप्तरीको मानराजा गाविसमा १२ श्ययाको सुविधासम्पन्न अस्पताल सञ्चालन गर्नेतर्फ प्रस्ताव अगाडि बढाएको बताउँदै अध्यक्ष सुमनकान्त झाले उक्त अस्पतालका लागि मानराज–४ मा गाविसका तर्फबाट पाँच कट्ठा जमिन उपलब्ध भएको जानकारी दिए ।
विसं २०१५ सालदेखि नेपाली काँग्रेसमा आबद्ध रहेका प्रजातन्त्र सेनानी झाको मृत्यु २०६७ साल भदौ १३ गते भएको थियो । रासस
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

