निमोनिया के हो ? कसरी जोगिने ?

निमोनिया रोग फोक्सोमा संक्रमण भएर लाग्ने रोग हो । आँखाले नदेखिने किटाणुबाट अचानक श्वासप्रश्वास प्रक्रियासंग सम्वन्धीत अंगहरुमा संक्रमण गर्छ र निमोनिया लाग्न सुरु हुन्छ ।

हामीकहाँ एउटा भ्रम छ चिसोको कारणले मात्रै निमोनिया लाग्छ भन्ने । तर त्यसो होइन यदि त्यसो हुन्थ्यो भने त संसारका बढी चिसो हुने राष्ट्रका मानिसहरुमा भकाभक निमोनिया हुनुपथ्र्यो । त्यसैले निमोनिया चिसोले मात्रै हुने रोग होइन । फोक्सोमा जुन अक्सिजन भेन्टीलेटर हुनुपर्ने हो त्यसमा कमी भएपछि मात्रै निमोनिया हुने हो ।

त्यसो त निमोनियाले प्राय केटाकेटी र बुढाबुढीलाई सताउने गरेको हुन्छ । किनकी बच्चा र बृद्धहरुमा रोगसंग लडन सक्ने क्षमता कम हुन्छ । त्यस्ता व्यक्तिलाई लागेको निमोनिया खतरानाक पनि हुनसक्छ ।

निमोनियाले बढी सताउने शारीरिक रुपमा कमजोर व्यक्तिलाई हो । निमोनिया त्यस्तो व्यक्तिलाई लाग्छ जुन व्यक्तिको स्वास्थ्य स्थिति पहिले देखिनै कमजोर छ । साधारण रुघाखोकी लागेको बेलामा राम्ररी स्याहार भएन भने, रुघाखोकी लाग्ने व्यक्तिको स्वास्थ्य स्थिति सामान्य भन्दा कमजोर छ भने, तौल, उचाई हुनुपर्ने अवस्थामा भएको छैन र प्रदुशित बाताबरणमा रहेको छ भने त्यस्तो व्यक्तिमा निमोनिया हुने प्रवल सम्भावना हुन्छ ।

निमोनिया हुँदा के हुन्छ ?

निमोनिया छाती तथा फोक्सोको रोग हो । फोक्सोको रोग भएकोले खोकी लाग्छ । यो स्वाभाविक हो । त्यस्तै निमोनिया हुँदा जरो आउँछ , छाती दुख्छ, शरीर शिथिल हुन्छ ।

बच्चाहरुमा निमोनिया भयो भने रोइरहन्छन्, दुध चुस्न छाडछन् । बच्चाहरुका कोखा हान्ने समस्या हुनसक्छ । पाका उमेरका मान्छेहरुमा छाती दुख्ने ज्वरो आउने र शिथिल हुने गर्छन । खास चाही चिसोको कारणले होइन निमोनिया हुनको लागि फोक्सोमा संक्रमण हुन्छ ।

जाडोमा निमोनिया किन बढी देखिन्छ ?

जाडोको बेलामा मौसम सुख्खा हुन्छ । धुलो बढी उडने गर्छ । त्यसको असर श्वास प्रश्वासबाट सिधै फोक्सोमा पर्छ । त्यसैगरी जाडोको बेलामा घरमा पनि आगो बालेर ताप्ने गरेकोले पनि अक्सिजनको मात्रा भन्दा कार्वनडाई अक्साइडको मात्रा बढी हुन्छ । त्यसले निमोनिया बढाउन सहयोग पु¥याउछ ।

निमोनिया लागेकोले चुरोट बाहेक जे खानेकुरा भएपनि खान सकिन्छ । खानाले कुनैपनि असर पार्दैन । मासु अण्डा तागतिलो पदार्थहरु पनि खान सकिन्छ ।

निमोनियाको उपचार कसरी गर्ने ?

निमोनियाको कारणले हुने मृत्युबाट जोगाउन बच्चालाई रुघाखोकी लाग्दा हेलचेक्रायई गर्न हुदैन । रुघाखोकीको समयमै घरेलु उपचार गरि निमोनिया लाग्नबाट जोगाउन सकिन्छ । त्यसको लागि निम्न उपाए गर्न सकिन्छ ।

– न्यानो पारी राख्ने तर नगुमस्याउने ।
– बच्चालाई आमाको दुध धेरैपटक खुवाईराख्ने ।
– सफा कपडा नुन पानीमा चोबेर बच्चाको नाक सफा गरिदिने ।
– बच्चालाई खोकी बढी लागेको छ भने पानी उमालेर खुवाउनु राम्रोे हुन्छ ।
– ६ महिनाभन्दा बढी उमेरको बच्चा भएमा अरु बेला भन्दा बढी झोल कुरा र खाने कुरा पटकपटक गरि खुवाउने ।
– बच्चा सास छिटोछिटो फेरेको र कोखा हानेको छ कि हेर्ने  ।
– पाको उमेरका व्यक्तिले भने जे पनि (धूमपान बाहेक) जे पनि खान सकिन्छ ।

लक्षणहरु :

–साधारण रुघा लाग्दा बच्चाहरुलाई खोकी लाग्ने ।
–नाकबाट सिगान बग्ने र हल्का ज्वरो आउने ।
– निमोनिया भएको बच्चामा भने छिटोछिटो बच्चाको सास चल्ने ।
– बच्चाले छिटोछिटो सास फेर्ने  ।
– सास फेर्ने गाह्रो हुने ।
– कोखा हान्ने ।
–बच्चाले खानेकुरा नखाने रोइरहने र आमाको दुध समेत नचुस्ने ।
– कसैकसैमा सास फेर्दा अस्वभाविक आवाज सुनिने  ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *