‘सरकारी अस्पतालका प्रमुखलाई निजीमा ‘प्राक्टिस’ गर्न रोक लगाउँदैछौँ ‘ : गगन थापा

gagan-thapa1

काठमाडौँ, २१ असोज – स्वास्थ्य मन्त्री भएको चालिस दिनमा दोस्रो पटक पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री गगन थापाले टाइम फ्रेम सहित केही महत्वकांक्षी योजना सुनाएका छन् । त्यस्तै मध्येको एक हो सरकारी अस्पतालका प्रमुखलाई निजीमा प्राक्टिस गर्न नदिइने ।

विहीबार उपत्यकाका सरकारी अस्पताल प्रमुखहरुलाई समेत बोलाएर सो घोषणा गरिरहँदा केही प्रमुखहरुले निधार खुम्च्याएका थिए । केही प्रमुखहरुले भने घोषणा राम्रो भएपनि कार्यान्वनय उत्तिकै चुनौती रहेको बताए ।

मन्त्री थापाले नन् प्राक्टिसिङ एलाउन्सको माध्यमबाट थप इन्सेन्टिभको व्यवस्था गर्ने र दुई महिना भित्र मेसुहरुलाई प्राइभेट प्राक्टिस गर्न बन्द गर्ने बताए । उनले सरकारी अस्पतालमै ‘पेइङ क्लिनिक’ सेवा सुरु विस्तारै अन्य सरकारी चिकित्सकलाई समेत निजीमा जान रोक लगाइने योजना सुनाए ।

मन्त्री थापाले सो योजना सुनाईरहँदा हलमा शहीद गंगालाल हस्पिटलका निर्देशक डा ज्योतेन्द्र शर्मा, बीर अस्पतालका नि निर्देशक डा भुपेन्द्रकुमार बस्नेत, मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठ, प्रसुतिगृहका निर्देशक डा जागेश्वर गौतम लगायत थिए । उनीहरुले मन्त्रीको योजनालाई तत्काल आपत्ती त जनाएनन् तर असन्तुष्टि भने प्रष्टैगरी झल्काए ।

‘प्राइभेट प्राक्टिस के हो भन्ने अर्थ बुझिएन,’ बीरका निमित्त निर्देशक डा. बस्नेतले भने, ‘आफ्नो डिउटी आवर भन्दा बाहेकको समयमा उसले अन्त गएर सेवा दिन सक्छ भने त्यो एक्सपर्टीलाई किन प्रयोग नगर्ने ?’

शहीद गंगालालका निर्देशक डा. शर्माले भने, ‘मैले सरकारी अस्पतालमा इमान्दारसंग काम गर्न सक्नुको एउटा कारण मैले निजीमा प्राक्टिस गर्नु पनि हो । मलाई निजीबाट समेत आम्दानी हुन्छ त्यसैले सरकारको थोरै तलवमा पनि इमान्दारिताका साथ काम गर्न सकेको छु ।’  यदि निजीमा प्राक्टिस गर्न नदिने हो र तिमीहरुले त्यहि न्यून तलममै स्तरीय सेवा देउ भन्न खोजिएको हो भने त्यो गलत हो । सोचेजस्तो सफल नहुनसक्छ ।

उपत्यकाका सबैजसो ठूला र स्तरीय भनिएका निजी अस्पताल तथा क्लिनिकहरुमा पनि सरकारी डाक्टरहरुले नै सेवा दिने गरेका छन् । तर कतिपय डाक्टरहरुले तलव अस्पतालमा लिने र काम निजीमा गर्ने गरेको समेत सुनिएको छ भने कतिपयले अस्पताल आएका विरामीलाई आफू कार्यरत निजी अस्पतालमा रिफर गर्ने र संगसंगै उता गएर आफैले उपचार गर्ने गरेको समेत भेटिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

4 thoughts on “‘सरकारी अस्पतालका प्रमुखलाई निजीमा ‘प्राक्टिस’ गर्न रोक लगाउँदैछौँ ‘ : गगन थापा

  1. उसो भए प्रमुख हुन वीर शम्शेरको पालादेखिको चाकडीमा धाउने चलन बन्द हुने भयो।

  2. ‘प्राइभेट प्राक्टिस के हो भन्ने अर्थ बुझिएन,’ बीरका निमित्त निर्देशक डा. बस्नेतले भने, ‘आफ्नो डिउटी आवर भन्दा बाहेकको समयमा उसले अन्त गएर सेवा दिन सक्छ भने त्यो एक्सपर्टीलाई किन प्रयोग नगर्ने ?’

  3. why only to chief and not to all consultants ? Minister Gagan needs more study with the help of wise persons. First he should make full time medical specialist in private hospitals compulsorily, if they failed to do so their licence should be rejected.

Leave a Reply to Hamro sarkar Cancel reply

Your email address will not be published. Required fields are marked *