लौ हेर्नुस् बीर अस्पताल आइसियु छेवैको शौचालय !

काठमाडौँ, ५ असोज – पत्याउनुहुन्छ ? यो देशकै सबैभन्दा जेठो र केन्द्रीय अस्पतालको रुपमा परिचित बीर अस्पतालको शौचालय हो ।आइसियु युनिट बाहिपट्टी रहेको विरामीले प्रयोग गर्ने शौचालयको अवस्था । दिन साता महिना होइन, बर्षौ देखि नै सफा गरिएको छैन् ।

bir3

ढोकै देखि दिसापिसाव छरिएको छ । भित्र जान सकिदैन । भित्र गइहाले ढोका लगाउन सकिदैन् । ढोका लगाए पानी छैन् । पानी भए धारा बन्द हुँदैन् ।  धारा अर्कैले चोरीसक्यो, पानी निरन्तर बगिरहेको छ । तर बीर अस्पताल प्रशासनको नजर पुगेको छैन् ।

तीन साता अघि बीर अस्पतालको निरीक्षण गर्दा स्वास्थ्यमन्त्री गगन थापाले आफूलाई एक जनाले पठाएको शौचालयको फोटो देखाउदै पदाधिकारीलाई अस्पतालको अवस्था र गर्नुपर्ने सुधार बारे सांकेतिक निर्देशन दिएका थिए ।

उनले सय दिन भित्र गर्नुपर्ने कामको खाका पेश गर्न निर्देशन दिएका थिए । सो निर्देशन पछि बीरका पदाधिकारीहरु सय दिने ठूला योजना तयारीमा व्यस्त भएका छन् । तर सानो प्रयासले हुने शौचालय सुधारमा ध्यान भने पटक्कै पुरयाएका छैनन् ।

ढलको आहालमा भरिएको शौचालय सुधारमा ध्यान जान सकेको छैन् । शौचालय मात्रै होइन त्यहाँबाट फुटेको ढलले पुरानो जेनेरेटर राखेको ठाँउ समेत डुवानमा परेको छ ।

हेरौँ तस्बिर

bir4

bir2

bir1

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *